कोशी, बागमती र गण्डकी प्रदेशका यी सडकखण्ड अझै अवरुद्ध
सारांश
- देशका विभिन्न स्थानमा अविरल वर्षासँगै आएको पहिरोका कारण मुख्य राजमार्गहरूमा अवरोध भएको छ।
- कोशी, बागमती र गण्डकी प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध छन्।
- बाढी र पहिरोका कारण कतिपय स्थानका सडक पूर्ण रूपमा बन्द भएका छन्।
काठमाडौँ । देशका विभिन्न स्थानमा अविरल वर्षासँगै आएको पहिरोका कारण मुख्य राजमार्गहरूमा अवरोध भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका मुख्य राजमार्गहरू अझै अवरुद्ध छन् ।
कोशी प्रदेशमा अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–५ मा बरुणखोला नजिक कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा चारखोले नजिक कोशी लोकमार्ग एकतर्फी रूपमा सुचारु छ ।
बागमती प्रदेशमा बाढीका कारण रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीनलाई जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ ।
गण्डकी प्रदेशको मुस्ताङमा पहिरोका कारण वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–३ स्थित छुसाङ र ताङ्वे बिचको कालाभीर नजिक जोमसोम कोरोला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यस्तै घरपझोङ गाउँपालिका–४ मा पाण्डाखोला नजिक जोमसोम–कोरोला सडक खण्ड एकतर्फी रूपमा सुचारु छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण