मुडी लखनउ सुपर जायन्ट्सको ग्लोबल क्रिकेट निर्देशक बन्दै
सारांश
- अस्ट्रेलियाका पूर्व अलराउन्डर टम मुडी लखनउ सुपर जायन्ट्सको ग्लोबल क्रिकेट निर्देशक नियुक्त हुने भएका छन्।
- उनले मुख्य प्रशिक्षक जस्टिन ल्याङ्गर र सल्लाहकार केन विलियम्सनसँग मिलेर काम गर्नेछन्।
- मुडीले यसअघि सनराइजर्स हैदरावादलाई २०१६ मा आईपीएलको उपाधि दिलाएका थिए।
लखनउ । अस्ट्रेलियाका पूर्व अलराउन्डर टम मुडी इन्डियन प्रिमियर लिग (आईपीएल) को लखनउ सुपर जायन्ट्स (एलएसजी) समूहको ग्लोबल क्रिकेट निर्देशक नियुक्त हुने भएका छन्। ६० वर्षीय मुडीले आईपीएलमा एलएसजी, एसए२० मा डरबन सुपर जायन्ट्स र द हन्ड्रेड मा म्यानचेस्टरमा आधारित फ्रेन्चाइजको जिम्मेवारी सम्हाल्नेछन्।
मुडीले मुख्य प्रशिक्षक जस्टिन ल्याङ्गर र हालै रणनीतिक सल्लाहकार नियुक्त भएका केन विलियम्सनसँग मिलेर काम गर्नेछन्। दुई दशकभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय र फ्रेन्चाइज टोलीहरूमा प्रशिक्षण गरिसकेका मुडी क्रिकेट जगतका चर्चित प्रशिक्षक हुन्।
यसअघि, उनले ओभल इन्भिन्सिबल्सलाई लगातार तेस्रो पटक द हन्ड्रेडको उपाधि जिताएका थिए र आईएलटी२० मा डेजर्ट भाइपर्ससँग पनि सफल कार्यकाल बिताएका थिए। मुम्बई इन्डियन्सका मालिक र सर्रेले उनलाई राख्न चाहे पनि मुडीले ठुलो भूमिका दिएकोले एलएसजीको प्रस्ताव स्वीकार गरेको बुझिएको छ।
यो नियुक्तिसँगै मुडी आईपीएल २०२२ पछि पहिलो पटक फर्कँदैछन्। उनले यसअघि सनराइजर्स हैदरावादलाई २०१६ मा उपाधि जिताएका थिए। आरपी सञ्जीव गोयन्का ग्रुपको स्वामित्वमा रहेको एलएजीले मुडीको नियुक्तिको औपचारिक घोषणा गर्न भने बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण