हिमपहिरोमा परेका ८ जनाको सकुशल उद्धार
मङ्गलबार, १८ कात्तिक २०८२, ११ : २९
सारांश
- दोलखाको यलुङ रीमा गएको हिमपहिरोमा परेका ८ जना पर्वतारोहीलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्।
- सोमबार गएको हिमपहिरोमा परी ७ जनाको मृत्यु भएको थियो।
- उद्धार गरिएकामध्ये ३ जना विदेशी र ५ जना नेपाली नागरिक रहेका छन्।
काठमाडौँ । दोलखाको यलुङ रीमा गएको हिमपहिरोमा परेका ८ जना पर्वतारोहीलाई सुरक्षाकर्मीहरूले सकुशल उद्धार गरेका छन् । सोमबार गएको हिमपहिरोका कारण ७ जनाको मृत्यु भएको थियो ।
दोलखाका डीएसपी ज्ञान कुमार महतोले ८ जनाको सकुशल उद्धार गरिएको जानकारी दिए । उद्धार गरिएकामध्ये ३ जना विदेशी र ५ जना नेपाली नागरिक छन् । सेना, सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीहरूले पर्वतारोहीको उद्धार गरेका हुन् । हिमपहिरो जाँदा बेसक्याम्पमा १५ जना थिए ।
यलुङ री हिमाल गौरिशंकर गाउँपालिका–९ मा पर्छ । सो हिमाल ५ हजार ६३० मिटर अग्लो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण