गर्भवती बिरामीकाे हेलिकोप्टरबाट उद्धार
सारांश
- रुकुमपूर्वको मैकोटबाट एक गर्भवती महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
- ज्वरोले च्यापेकी १५ वर्षीया गर्भवती किशोरीलाई स्वास्थ्य चौकीमा जाँच गर्दा अवस्था जटिल देखिएको थियो।
- राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरले उनलाई सुर्खेत अस्पताल पुर्यायो।
रुकुमपूर्व । रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटबाट गर्भवती बिरामीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । आज र बिहान पौने १० बजे मैकोटकी १५ वर्षीय गर्भवती बिरामीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।
गर्भवती किशोरीलाई ज्वरोले च्यापेपछि मङ्गलबार बिहान ४ बजे स्वास्थ्य चौकी मैकोटमा ल्याइएको थियो । स्वास्थ्य चौकी मैकोटका स्वास्थ्यकर्मीले चेकजाँच गर्दा बिरामीको अवस्था जटिल अवस्थाको भएपछि हेलिकोप्टर मार्फत रिफरका लागि प्रमुख जिल्ला अधिकारी लगायतलाई जानकारी गरिएको पुथाउत्तरगङ्गा गाउँपालिका स्वास्थ्य शाखाका सह–संयोजक कलिभान विष्टले जानकारी दिए ।
बच्चा जन्मिने समय मङ्सिर महिना रहेको विष्टले बताए । बिरामीको धेरै पेट देख्ने, काम्ने र बेहोस हुने लक्षण देखा परिराखेको विष्टले बताए ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत मैकोट देखि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको पुथाउत्तरगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण