महिलामैत्री सहर बनाउँदै गर्दा बलात्कार गर्ने धम्की आयो : हेटौंडा उपमहानगर प्रमुख
सारांश
- हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामालाई सामाजिक सञ्जाल र फोनमार्फत बलात्कारको धम्की आएको छ।
- उनले महिलामैत्री सहर बनाउने योजना सार्वजनिक गरेपछि आफूलाई धम्की आएको बताइन्, र माफी माग्दा पनि धम्की रोकिएन।
- लामाले हेटौंडाका लागि महिला सुरक्षा सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघीय परियोजनासँग सम्झौता गरेको बताइन्।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले आफूलाई सामाजिक सञ्जाल र फोनमार्फत बलात्कारको धम्की आएको बताएकी छन् ।
उनले हेटौंडालाई महिलामैत्री सहरको रूपमा विकास गर्ने योजनाको सम्झौतासम्बन्धी फोटोसहित सामाजिक सञ्जालमा यसबारे खुलासा गरेकी हुन् । महिला भएर जन्मनु गर्वको विषय भए पनि नेपाली समाजमा महिला भएर बाँच्नु कठिन रहेको उनको भनाइ छ ।
केही समयअघि उपमहानगर प्रमुख लामाले हेटौंडा उपमहानगरपालिकाको क्षेत्राधिकारबारे बोल्दै हरेक नगरले पहिलो प्राथमिकता आफ्ना नगरवासीलाई दिनुपर्ने धारणा राखेकी थिइन् । सोही अभिव्यक्तिपछि आफूलाई मधेस विरोधी भन्दै फेसबुक र ह्वाट्सएपमा बलात्कार गर्नेसम्मको धम्की आएको उनले बताइन् ।
सो घटनापछि तत्कालका लागि आफू नै गलत भइदिन्छु भनेर दुई पटक माफी मागे पनि धम्की आएको उपमहानगर प्रमुख लामाको भनाइ थियो । ‘मेरो माफीले के मान्थ्यो !,’ उनले भनिन्, ‘फेसबुक र ह्वाट्सएपका इनबक्समा मलाई बलात्कार गर्ने धम्कीका सूचनाहरू मैले पढिनसक्नुका थिए । अनि राति–राति फोन गरेर एक पटक भेटेर, बसेर घटनाबारेको विवाद टुङ्याउने प्रस्ताव कतिकति ! हर कुनै वडाले पहिला आफ्नो वडा बनाउने जिम्मा लिन्छ । त्यस्तै नगरले पहिला आफ्नो नगर बनाउँछ । त्यसपछि अन्य नगरलाई साथ–सहयोग गर्ने हो ।’
आफ्नो नजिक भएर जायज÷नाजायज फाइदा लिन खोज्दा नसकेर हैरानी खेपेकाहरूले पर्दा पछाडि बसेर आफूलाई बलात्कारको धम्की दिएको उपमहानगर प्रमुख लामाको भनाइ थियो । सोही समूहले कलिला किशोरकिशोरी प्रयोग गरेको देख्दा नेपाली तथा कथित सचेत पुरुषको कुरुप अनहार छर्लङ्ग देखेको उनले बताइन् ।
‘बहुमत सज्जन पुरुषकै अगाडि नेपाली महिला खुलेआम बलात्कृत हुन सक्ने रहिछन् । एउटा उपमहानगरको प्रमुख जस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिले समेत खुलेआम बलात्कारको धम्की सहनुपर्ने समाजमा सामान्य महिलाको सुरक्षाको अवस्था कस्तो होला ?’ उनले प्रश्न गरेकी छन् ।
उमहानगर प्रमुख लामाले हेटौंडालाई महिलामैत्री सहर बनाउन केही काम भइरहेको बताइन् । महिलाहरूको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारीका साथ कात्तिक १८ गते उपमहानगरपालिकाले ‘महिलामैत्री सहर’ घोषणा गर्न संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय युएनओपीएससँग एक सम्झौता गरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण