हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी शहर निर्माणका लागि सम्झौता
मकवानपुर । हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी शहरको रूपमा विकास गर्न सम्झौता भएको छ ।
हेटौँडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय यसएनओपिएसबिच ‘सिटीज फर वुमनः नेपालमा समावेशी र जलवायु प्रतिरोधी शहरीकरण’ परियोजना अन्तर्गत परियोजना सहयोग सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार युएनओपिएसले उपमहानगरपालिकालाई १ लाख ८४ हजार अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउनेछ ।
परियोजना कार्यान्वयनका लागि हेटौँडा उपमहानगरपालिकाले उक्त रकमको ३० देखि ५० प्रतिशतसम्म लागत साझेदारी गर्नेछ ।
‘सिटीज फर वुमन’ परियोजनाको मुख्य उद्देश्य तीव्र शहरीकरण र बढ्दो जलवायु जोखिमले सिर्जना गरेका चुनौतीहरूलाई सामना गर्नु हो ।
यसका लागि लैंगिक उत्तरदायी र जलवायु प्रतिरोधी सार्वजनिक खुला स्थानहरूको योजना, डिजाइन र निर्माणमार्फत नगरपालिकाहरूलाई सहयोग गरिनेछ ।
सो परियोजना युरोपेली सङ्घ र सुओमी फिनल्याण्डको आर्थिक सहयोगमा युएनओपिएस, युएन– हाविटाट र सिटिज एलायन्सद्वारा संयुक्त रूपमा चार वर्षको अवधिमा कार्यान्वयन गरिनेछ ।
हस्ताक्षर कार्यक्रममा बोल्दै नगरप्रमुख मीना कुमारी लामाले यो सम्झौताले स्थानीय सरकारका योजनाहरूमा समावेशी र जलवायु प्रतिरोधी शहरी विकासलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिन् ।
उनले सो परियोजनाले महिला र अन्य संवेदनशील समुदायहरूलाई नगर योजना प्रक्रियामा सशक्त रूपमा सहभागी गराउन अवसर सिर्जना गर्ने अपेक्षा राखिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार : निगमका कर्मचारीको ओभरटाइम भत्ता काटियो, सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन
-
राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण