चलचित्र ‘जेरी अन टप’ लाई सेन्सर बोर्डले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । प्रदर्शनरत चलचित्र ‘जेरी अन टप’लाई केन्द्रीय चलचित्र जाँच पास समिति (चलचित्र सेन्सर बोर्ड) ले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
उक्त चलचित्रलाई सेन्सर बोर्डले आफ्नो निर्देशन पालना नगरेको भन्दै मंगलबार स्पष्टीकरण सोधेको हो ।
चलचित्र सेन्सर बोर्ड अन्तर्गत रहेको चलचित्र अनुगमन समितिले चलचित्र ‘जेरी अन टप’ले दिएको निर्देशनको जाँच गर्दा उलङ्घन गरेको पाइएपछि २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।
बोर्डले चलचित्रको निर्माण संस्था अनन्या फिल्मस्को नाममा पत्र काट्दै स्पष्टीकरण सोधिएको चलचित्र सेन्सर बोर्ड सदस्य तथा अनुगमन समितिका संयोजक सम्पन्न श्रेष्ठले जानकारी दिए ।
‘अनुगमन गर्दा चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समितिको निर्देशन पालन नगरेको पाइएको छ । त्यसैले अहिले पत्र काटिएको हो’, संयोजक श्रेष्ठले भने ‘स्पष्टीकरण चित्त बुझ्दो नआए चलचित्रको सबैतिर प्रदर्शन रोकिनेछ ।’
चलचित्रले सेन्सर बोर्डले राख्न दिएको सन्देश नराखेको, काट्नु भनिएको दृश्य नकाटेको श्रेष्ठको भनाई छ । गत असोज ३१ गतेबाट प्रदर्शनमा आएको फिल्म सुयोग गुरुङले निर्देशन गरेका हुन् ।
चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, उषा खड्गीलगायत कलाकारहरूको अभिनय छ। फिल्म सरोज न्यौपानेको प्रस्तुतिमा तयार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण