माओवादी केन्द्र रौतहटका इन्चार्ज अशोक जयसवालले छाडे पार्टी
बुधबार, १९ कात्तिक २०८२, १४ : ४६
सारांश
- माओवादी केन्द्र रौतहटका इन्चार्ज अशोक जयसवालले पार्टी परित्यागको घोषणा गरेका छन्।
- उनले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा नरहने बताएका छन्।
- जयसवालले माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकतालाई आपत्ति जनाए।
रौतहट । नेकपा (माओवादी केन्द्र) रौतहटका इन्चार्ज तथा केन्द्रीय सदस्य अशोक जयसवालले पार्टी परित्यागको घोषणा गरेका छन् ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जयसवालले अब आफू प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा नरहने स्पष्ट गरेका हुन् ।
उनले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच हालै भएको पार्टी एकतालाई “औचित्यहीन, अपरिपक्व, अर्थहीन र उद्देश्यविहीन” भन्दै त्यसको कडा आपत्ति जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण