सार्वजनिक शान्ति विरुद्धको कसुरमा भुसालमाथि म्याद थप गरिँदै
काठमाडौँ । हिंसा भड्काउने अभिव्यक्ति दिएपछि पक्राउ परेका डा. निकोलस भुसाललाई प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गर्ने भएको छ ।
भुसाल मङ्गलबार गोरखाको सरस्वती आश्रमबाट पक्राउ परेका थिए ।
भुसालले कात्तिक १६ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । त्यस्तै ‘क्षेप्यास्त्र आक्रमण गर्ने’ चेतावनी दिएपछि उनी पक्राउ परेका हुन् ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२ मा रहेको ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ अन्तर्गत झुटा अफवाह फैलाएमा कानुनी कारबाही हुने व्यवस्था छ ।
सो ऐन अनुसार झुटा अफवाह फैलाएमा १ वर्षसम्म कैद वा दश हजार सम्म जरिवाना हुने व्यवस्था छ । भुसाल लाई सो ऐन अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
असोज २३ मा पनि भुसाल माइतीघरमा प्रदर्शन गर्न खोज्दा पक्राउ परेका थिए । स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको रिपोर्ट आएपछि उनलाई सुधार केन्द्रमा लैजाने सर्तमा उनका दाजुले जिम्मा लिएका थिए । त्यसपछि पनि उनको विवादित अभिव्यक्ति रोकिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण