भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली
सारांश
- एमाले उपमहासचिव ज्ञवालीले भदौमा भएको हिंसा र विध्वंसलाई परिवर्तनको नाममा महिमा मण्डन गर्न नहुने बताए।
- उनले युवा पुस्ताको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भई देश दोहन भएको बताए।
- ज्ञवालीले भ्रष्टाचारविरुद्धको कारबाहीलाई बेवास्ता गरिएकोमा गुनासो गर्दै छानबिनको चुनौती दिए।
ललितपुर । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता भएको हिंसा र विध्वंसलाई परिवर्तनको नाममा महिमा मण्डन गर्न नहुने टिप्पणी गरेका छन् । बुधवार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
भदौ २३ गतेको हिंसा र २४ गतेको देश दोहनलाई आन्दोलनलाई परिवर्तनको प्रतीक ठान्नु उपयुक्त नहुने उनको धारणा छ । उनले जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमाथि घुसपैठ भएको कारण देश दोहन हुन पुगेको पनि बताए ।
उनले भने, ‘नेपालको लागि हिंसा र विध्वंस एउटा नियमित आकस्मिकता जस्तो भयो । १० वर्षको पीडा २० वर्ष अगाडि मात्रै टुङ्गिएको हो । अहिले पनि त्यसको उत्पादन समाजमा छ । जेनजी युवाहरूले एउटा फूल पनि भाँच्दैनौँ, प्रहरीसँग वादविवाद गर्दैनौँ भनेर आन्दोलन सुरु गर्नुभएको थियो । तर जसरी २३ गतेको हिंसा र २४ भदौको देश दोहनलाई परिवर्तन ठानेर त्यसको महिमा मण्डन गर्नुपर्छ भन्ने म बिल्कुलै ठान्दिनँ ।’
उनले भ्रष्टाचारविरुद्ध तत्कालीन सरकारले गरेको कारबाही प्रक्रियाको नजरअन्दाज गरेर सरकारले भ्रष्टाचारको मलजल गरिरहेको भाष्य निर्माण गरिएकोप्रति गुनासो समेत गरे । उनले २०४६ साल यताका भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न वर्तमान सरकारलाई चुनौती पनि दिए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण