बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम

बिहीबार, २० कात्तिक २०८२, ०७ : ०९
बिहीबार, २० कात्तिक २०८२

सारांश

  • जेनजी अभियन्ता रक्षा बमले तानाशाहको व्यवहारप्रति असन्तुष्टि जनाइन्।
  • उनले निहत्था विद्यार्थीहरूमाथि गोली चलाउने तानाशाहको खुलेआम हिँडडुल र चुट्किला सुनाएर हाँसो फैलाएकोमा आपत्ति जनाइन्।
  • बमले न्यायको लागि सङ्घर्षरत आमा र घाइते साथीहरूको पीडाको बारेमा चिन्ता व्यक्त गरिन्।

काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले निहत्था विद्यार्थीहरूमाथि गोली बर्साउन आदेश दिने तानाशाहले चुट्किला सुनाएर दुनियाँ हसाईरहेको भन्दै असन्तुष्टि जनाएकी छिन् । 

कसैको नाम उल्लेख नगरी उनले लेखेकी छिन्– 'निहत्था विद्यार्थीहरूमाथि गोली बर्साउने आदेश दिने तानाशाह खुलेआम घुम्दै छ। अन्तरवार्ता दिदैछ। अझै पनि चुट्किला सुनाएर दुनियाँ हसाईरहेको छ।मानिसहरू उसको चुट्किला सुनेर ताली पिटिरहेका छन् । खासमा मानिसहरू चुट्किलामा ताली बजाइरहेका छैनन्, उनीहरू त निरङ्कुश तानाशाहको हर्षबढाई गरिरहेका छन् ।' 

'दिक्क लाग्छ, अचम्म लाग्छ। यो अट्टहासको साक्षी कसरी बस्न सकेका होलान् मानिसहरू ? एउटा दम्भी तानाशाहको भाषणमा ताली बजाएर घर फर्किएकाहरू आफ्नो वरिपरि हुर्किरहेका ज्यानजीहरूसँग आँखा जुधाएर कुरा गर्न पो कसरी सकिरहेका होलान् ?'उनले भनेकी छिन् ।

उनले चेतावनी दिँदै भनेकी छिन्– 'हाम्रा साथीहरूको रगत सडकमा अझै सुकेको छैन। चिसो रातहरूमा घाइते साथीहरूको शरीर झन् बढी कटकट्याएर दुखिरहेको छ। ती प्रत्येक रगतका थोपाले न्याय पाउनै पर्छ। यी चिसा रातहरूमा नओभाई निदाउन सङ्घर्षरत आमाहरूका आँखाले न्याय पाउनै पर्छ। दुखिरहेका प्रत्येक घाउहरूले न्याय पाउनै पर्छ ।  हामी हाम्रो खातिर न्याय कुरिरहेका छौँ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप