मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

उपत्यकामा खटिएका प्रहरीको विवरण आयोगमा, आजबाट बयान लिइने

बिहीबार, २० कात्तिक २०८२, ११ : ४१
बिहीबार, २० कात्तिक २०८२

सारांश

  • काठमाडौं उपत्यकाको सुरक्षामा खटिएका प्रहरी कर्मचारीको विवरण जाँचबुझ आयोगमा पठाइयो।
  • आयोगले फिल्डमा खटिएका प्रहरी कर्मचारीको बयान लिने काम सुरु गरेको छ।
  • यसअघि आयोगले रवि लामिछानेको बयान लिएको थियो।

काठमाडौँ । जेनजी प्रदर्शन हुँदा काठमाडौँ उपत्यकाको सुरक्षामा परिचालित प्रहरी कर्मचारीको विवरण जाँचबुझ आयोगमा पठाइएको छ । एक चरणको विवरण प्राप्त भएको आयोगका सदस्य विज्ञानराज शर्माले रातोपाटीलाई बताए ।

शर्माका अनुसार काठमाडौँ उपत्यकामा खटिएका प्रहरी कर्मचारीको विवरण प्रहरी प्रधान कार्यालयले आयोगमा पठाएको हो । बिहीबारबाट फिल्डमा खटिएका प्रहरी कर्मचारीको बयान लिइँदैछ । भदौ २३ मा नयाँबानेश्वर र माइतीघर क्षेत्रमा खटिएका प्रहरीको बयान लिइँदैछ ।

यसअघि आयोगले नख्खु कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयान लिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप