‘महारानीको जात्रा’ मञ्चन गर्दै कान्तिपुर थियटर
सारांश
- कान्तिपुर थियटरले अभिनेत्री रेखा थापालाई पहिलो पटक ‘मिरा’ मार्फत नाटकमा डेब्यु गरायो र लगातार नाटक मञ्चन गरिरहेको छ।
- थियटरले तेस्रो नाटकको रूपमा ‘महारानीको जात्रा’ मञ्चन गर्दैछ, जसको निर्देशन दीपक बरालले गरेका छन्।
- नाटकमा उषा रजक, राज न्यौपाने लगायतका कलाकारहरूको अभिनय रहनेछ, र यो कात्तिक २४ गतेदेखि गैह्रिधारास्थित थियटरमा मञ्चन हुनेछ।
काठमाडौँ । अभिनेत्री रेखा थापालाई पहिलोपटक ‘मिरा’ मार्फत नाटकमा डेब्यु गराउन सफल कान्तिपुर थियटरले लगातार नाटक मञ्चन थालेको छ । ‘मिरा’ लगतै अमेरिकामा रहेका अभिनेता जीवन लुइँटेल र अभिनेत्री सनिशा भट्टराईलाई नाटकमा डेब्यु गराउँदै ‘शिरीषको फूल’ मञ्चन गरेको थियटरले तेस्रो नाटकको तयारी सुरु गरिसकेको छ ।
थियटरले तेस्रो प्रस्तुतिको रूपमा अहिले प्रस्तुत गर्न लागेको नाटक हो ‘महारानीको जात्रा’ । ‘महारानीको जात्रा’ दीपक बरालको परिकल्पना तथा निर्देशनमा नाटक मञ्चन हुन लागेको हो ।
अभिनेत्री उषा रजक, राज न्यौपाने, सुहाना आचार्य, दीपेश गजुरेल, विकल्प ओली, ज्योति लामा, निकिता आचार्य, समीर शर्मा, विशाल कार्की, गोविन्द पौडेल, श्रीधर पौडेल, प्रयास खत्री, विमल यादव, मनोज तामाङ, बिरान दहानी, स्वेता चौलागाई र कुशल बास्कोटा लगायतको अभिनय रहनेछ ।
गैह्रिधारास्थित थियटरमै कात्तिक २४ गतेदेखि हरेक दिन साँझ ५ बजे नियमित मञ्चन हुने नाटकको अहिले तयारी अन्तिम चरणमा पुगेको छ । नाटकका लागि कलाकारहरू केही सातादेखि नियमित प्रशिक्षणमा छन् । लामो समयदेखि नाटक मञ्चन गर्दै आएको केही थियटर सुनसान रहेको समय कान्तिपुरले भने नियमित नाटक मञ्चन गर्दै आएको छ ।
फिल्म अध्ययन र निर्माणमा सक्रिय कान्तिपुर फिल्म एकेडेमीले केही समय अगाडि कान्तिपुर थिएटरको स्थापना गर्दै नियमित नाटक मञ्चन थालेको हो । एकेडेमीले फिल्म अध्ययन, निर्माण र नाटक मञ्चन नियमित गर्ने एकेडेमीका सिइओ प्रकाश पुरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण