कोरिया पठाउन ढिलाइ, ईपीएस कोरिया शाखा घेराउ
सारांश
- ईपीएस परीक्षा पास गरेका युवाहरूले कोरिया पठाउन ढिलाइ भएको भन्दै ललितपुरमा आन्दोलन सुरु गरेका छन्।
- भाषा र सीप परीक्षा पास गरेको दुई वर्ष बितिसक्दा पनि कोरिया जान नपाएका युवाहरूले विभाग घेराउ गरे।
- सन् २०२५ को परीक्षामा सहभागी भएकामध्ये १७ हजार ३० जना उत्तीर्ण भए पनि धेरैको करार सम्झौता हुन सकेको छैन।
ललितपुर । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा तथा सीप परीक्षा पास गरेका युवाहरूले कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन सुरु गरेका छन्।
भाषा र सीप परीक्षा पास गरेको दुई वर्ष बित्न लाग्दा पनि दक्षिण कोरिया जान नपाएका युवाहरूको समूहले बिहीबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखा घेराउ गरेका हुन्।
सन् २०२५ का लागि परीक्षामा सहभागी भएका १ लाख ६३ हजारमध्ये १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए। तीमध्ये धेरैजसोको अहिलेसम्म करार सम्झौतासमेत हुन नसकेका कारण उनीहरू दक्षिण कोरिया जान पाएका छैनन्।
आन्दोलनरत युवाहरूले अब थप विज्ञापन र परीक्षा लिनुभन्दा पहिले पहिले नै पास गरिसकेका कामदारहरूलाई कोरिया पठाउनुपर्ने माग राखेका छन्।
दक्षिण कोरियाले सन् २००८ देखि ईपीएस प्रणालीमार्फत अदक्ष नेपाली कामदार लैजान सुरु गरेको थियो। हाल कोरियामा करिब एक लाखको हाराहारीमा नेपालीहरू कार्यरत छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण