आज र भोलि भिटामिन ए तथा जुकाकाे औषधि खुवाइँदै
सारांश
- बिहीबार र शुक्रबार देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ, जसको नारा 'भिटामिन ए खुवाऔँ, बाल मृत्युदर घटाऔँ' रहेको छ।
- ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइनेछ, र यो कार्यक्रम वर्षमा दुई पटक सञ्चालन हुन्छ।
- यस वर्ष तिहार परेकाले कार्यक्रम कात्तिक २० र २१ गते सारिएको छ, र सरकारले २८ लाख बालबालिकालाई भिटामिन ए तथा ३० लाखलाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ।
काठमाडौँ । ‘भिटामिन ए खुवाऔँ, बाल मृत्युदर घटाऔँ’ भन्ने मूल नाराका साथ बिहीबार र शुक्रबार (आज र भोलि) भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ ।
राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बिहीबार र शुक्रबार देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानलाई सञ्चालन गरेको हो । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरूलाई सो क्याप्सुल खुवाउने गरेको ललितपुर महानगरपालिका वडा नम्बर १५ कि नगर स्वास्थ्य केन्द्र प्रमुख संगीता मिश्रले बताइन् । उनले सो कार्यक्रममा सहभागी हुन पनि सबैलाई अनुरोध गरिन् ।
प्रमुख मिश्रले भनिन्, ‘जुन तोकिएको दिन छ । आफ बच्चाहरूलाई भिटामिन खुवाउन नछुटाउनुहोला । भिटामिन सँगसँगै हामीले जुकाको औषधि पनि दिइरहेका हुन्छौँ । भिटामिन अरू बेलामा पाइँदैन । त्यसैले नछुटाई खुवाउनुहोला भनेर सबैलाई अनुरोध गर्दछौँ ।’
नेपालमा यो कार्यक्रम हरेक वर्षमा २ पटक सञ्चालनमा आउने गरेका छन् । कात्तिक २ र ३ गते तथा वैशाख ६ र ७ गते मा गरेर सो कार्यक्रम सञ्चालन गरिने पनि नगर स्वास्थ्य केन्द्र प्रमुख मिश्रले बताए ।
यस वर्ष भने तिहार परेकाले कात्तिक २ र ३ गते सो कार्यक्रम २० र २१ गतेका लागि गरिएको पनि उनले स्पष्ट पारे । सरकारले सबै स्थानीय तहमा ५ वर्ष मुनिका २८ लाख बालबालिकालाई भिटामिन ए खुवाउने र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ ।
यस अभियानमा ५२ हजार महिला स्वास्थ्य स्वयं सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण