तीन महिनामा वैदेशिक लगानी प्रतिबद्धतामा आकर्षक प्रगति, सबैभन्दा बढी कृषिमा
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक लगानी प्रतिबद्धतामा आकर्षण बढेको देखिएको छ । उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो तीन महिनामा वैदेशिक लगानीका प्रस्ताव र स्वीकृति तथ्याङ्कले यस्तो देखाएको छ ।
विभागको तथ्याङ्क अनुसार आर्थिक वर्षको साउन, भदौ र असोज महिनासम्ममा विभिन्न क्षेत्रमा गरी ३५ अर्ब १३ करोड ७७ लाख रुपैयाँ बढीको लगानी स्वीकृत भएको छ । लगानी स्वीकृत भएसँगै तीन महिनामा ३११ उद्योग दर्ता भएका छन् । कात्तिक १९ गतेसम्म २४ उद्योग दर्ता भएको विभागले जनाएको छ ।
त्यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा जम्मा १ अर्ब ११ करोड ६१ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भएको थियो । उद्योग दर्ता पनि २४ वटा मात्रै भएको थियो । गत वर्षको सोही अवधिको तुलनामा ३४ प्रतिशतले वृद्धि भएको देखिन्छ । यो हिसाबले गत वर्षको तुलनामा वैदेशिक लगानी प्रतिवद्धतामा आक्रमक रुपमा वृद्धि भएको देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो साउन महिनामा मात्रै २४ अर्ब १० करोड ४९ लाख रुपैयाँ रकम बढीको लगानी प्रतिबद्धतासँगै विभागबाट स्वीकृत भएको छ । भदौ महिनामा भने साउन महिनाको भन्दा कम देखिएको छ । भदौ महिनामा ८ अर्ब ९४ करोड ७० लाख भन्दा बढी रकमको प्रतिवद्धता भएको छ । असोज महिनामा भने २ अर्ब ४५ करोड ७३ लाख रुपैयाँ मात्रै वैदेशिक लगानी प्रतिबद्धता भएको देखिएको छ ।
उद्योग विभागले हालसम्म ७ हजार ४३ वैदेशिक लगानी स्वीकृत गरिसकेको छ । विभागको तथ्याङ्क अनुसार नेपालमा हालसम्म ६ खर्ब २१ अर्ब ४० करोड ६२ लाख रुपैयाँ बराबरको विदेशी लगानी आएको छ । उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीका अनुसार पछिल्लो समय वैदेशिक लगानी प्रतिबद्धता घट्दै गएको बताए । उनले पछिल्लो जेनजी आन्दोलनपछि वैदेशिक लगानीको प्रतिबद्धता छिटफुट मात्रै भएको जानकारी दिए ।
‘साउन र भदौ महिनाको भन्दा असोजमा प्रतिबद्धता कम भएको छ । वैदेशिक लगानीका लागि हुने प्रतिबद्धतामा विस्तारै सुधार हुने अपेक्षामा विभाग छ,’ उनले भने ।
तीन महिनामा २३६ आयोजना, झण्डै ३३ अर्बको प्रतिबद्धता
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा उत्पादनमूलक उद्योग क्षेत्रमा लगानीको विस्तार देखाएको छ । यो क्षेत्रले सबैभन्दा बढी लगानी आकर्षण गरेको देखिन्छ । प्रस्तावको संख्या र प्रतिबद्धता रकम दुवैमा यसको बाहुल्यता छ ।
कृषि र वनमा आधारित उद्योगहरूले पनि राम्रो सङ्ख्यामा लगानी प्रस्ताव पाएका छन् । पर्यटन क्षेत्रमा पनि वैदेशिक लगानीको चासो बढेको छ । सेवा क्षेत्र अन्तर्गत विभिन्न उपक्षेत्रहरूमा लगानी आएको छ । ऊर्जा क्षेत्रमा पनि लगानीको सम्भावना देखिएको छ । सूचना प्रविधि क्षेत्रमा पनि लगानी बढ्दै गएको छ ।


चालु आर्थिक वर्षको सुरुवाती तीन महिनामा कुल २३६ आयोजनामार्फत् झण्डै ३३ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता प्राप्त भएको छ । यो अवधिमा पर्यटन र कृषिमा आधारित उद्योगले सर्वाधिक आकर्षित गरेका छन् । तीन महिनाको अवधिमा कृषिमूलक क्षेत्रमा सबैभन्दा बढी लगानी प्रतिवद्धता आएको छ ।
यस्तो छ क्षेत्रगत लगानी
कृषि र वन : २३ आयोजनाका साथ कृषि र वनमा आधारित उद्योगहरूले पनि ४१ अर्ब ६८ करोड ३५ लाख रुपैयाँको ठुलो प्रतिवद्धता पाएको छ । यो तथ्याङ्कले परम्परागत रूपमा नेपालको आर्थिक मेरुदण्ड रहेको कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग र विकासमा लगानीको ठुलो सम्भावना देखाएको छ ।
पर्यटन क्षेत्र : कुल ६७४ आयोजनामध्ये २२३ आयोजनाका साथ पर्यटन क्षेत्रले सबैभन्दा बढी लगानी आकर्षित गरेको छ । यस क्षेत्रमा ११ अर्ब १७ करोड २० लाख ५० हजार रुपैयाँको प्रतिबद्धता आएको छ, जुन राष्ट्रिय अर्थतन्त्रको एक महत्त्वपूर्ण आधार बन्न पुगेको छ ।
सेवा क्षेत्रको वृद्धि : ४२ आयोजनासहित सेवा क्षेत्रले ३ अर्ब ३३ करोड १० लाख रुपैयाँको लगानी प्रतिबद्धता पाएको छ । यसमा सेवाको विस्तार र गुणस्तरमा सुधारले थप रोजगारी र आर्थिक गतिविधिको सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
ऊर्जा र उत्पादनमूलक क्षेत्र : तीन आयोजनासहित ऊर्जा क्षेत्रमा ३६ करोड ८५ लाख रुपैयाँको प्रतिबद्धता आएको छ । यसैगरी ३० आयोजनासहित उत्पादनमूलक क्षेत्रमा १ अर्ब ६० करोड ६० लाख रुपैयाँको प्रतिवद्धताले औद्योगिकीकरणमा थप बल पुर्याएको छ ।
सूचना प्रविधि : सबैभन्दा बढी ३५३ आयोजनाका साथ सूचना प्रविधि (आईटी) क्षेत्रले १ अर्ब ८ करोड १७ लाख ३१ हजार रुपैयाँको प्रतिबद्धता पाएको छ । यसले डिजिटल नेपालको परिकल्पनालाई थप साकार पार्न मद्दत गर्नेछ ।
खनिज र पूर्वाधार क्षेत्र : खनिज र पूर्वाधार क्षेत्रमा भने हाल कुनै नयाँ आयोजनाको सूची दर्ता भएको छैन । यी क्षेत्रमा पनि भविष्यमा लगानीका नयाँ अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको छ ।
विभिन्न उद्योगमा गरी ६७४ आयोजनाका लागि कुल ५९ अर्ब २ करोड २७ लाख ८१ हजार रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । नेपालमा वैदेशिक लगानीको सम्भावना अझै पनि उच्च रहेको यो तथ्यांकले देखाएको छ । विशेषगरी पर्यटन र कृषिजस्ता क्षेत्रले लगानीकर्ताको ध्यान तान्नु सुखद् पक्ष हो । यद्यपि, खनिज र पूर्वाधारजस्ता महत्त्वपूर्ण क्षेत्रमा लगानी आकर्षित गर्न थप प्रयत्न आवश्यक छ ।
सरकारले लगानीमैत्री वातावरण बनाउन, नीतिगत सरलीकरण गर्न र लगानीकर्ताहरूलाई आवश्यक सहुलियत प्रदान गर्न सकेमा वैदेशिक लगानीको प्रवाहलाई थप गति दिन सकिनेछ । यसले समग्रमा मुलुकको आर्थिक विकास र समृद्धिलाई टेवा पुग्नेछ ।
यस अवधिमा स्वीकृत भएका लगानी प्रस्तावले ठुलो सङ्ख्यामा रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण