आईजीपीले पठाए आयोगलाई स्पष्टीकरणको जवाफ
सारांश
- आईजीपी चन्द्रकुवेर खापुङले जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगलाई स्पष्टीकरणको जवाफ पठाएका छन्।
- गौरीबहादुर कार्की नेतृत्वको आयोगले खापुङलाई स्पष्टीकरण सोधेको थियो र उनले प्रहरी कर्मचारीको विवरण पठाएका छन्।
- आयोगले प्रहरी कर्मचारीको विवरण प्राप्त गरेपछि कारबाही गर्नुपर्ने अवस्था नभएको जनाएको छ।
काठमाडौँ । आईजीपी चन्द्रकुवेर खापुङले जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगलाई स्पष्टीकरणको जवाफ पठाएका छन् । बिहीबार खापुङले आयोगमा जवाफ पठाएका हुन् ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले उनलाई पहिले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । बुधवार कारबाही गर्ने चेतावनी सहित जाँचबुझ आयोग ऐन, २०२६ को दफा–६ किटान गरेर नै अर्को पत्र पठाएको थियो । त्यसपछि आज उनले स्पष्टीकरण पत्र बुझाएका हुन् ।
आईजीपीले काठमाडौँ उपत्यकामा भदौ २३ मा काठमाडौँको माइतीघर र बानेश्वर क्षेत्रमा परिचालित प्रहरी कर्मचारीको विवरण पनि पठाएका छन् । मागेको विवरण प्राप्त भएको आयोगका सदस्य विज्ञानराज शर्माले बताए । उनले भने, ‘आउनुपर्ने विवरण आएको छ ।’
प्रहरी कर्मचारीको विवरण नपठाएमा उनलाई कारबाही गर्न सक्ने अधिकार आयोगलाई थियो । तर, स्पष्टीकरणको जवाफ र खटिएका सुरक्षाकर्मीको विवरण पठाएको हुनाले कारबाही गर्नुपर्ने अवस्था नभएको शर्माले बताए । उनले भने, ‘अब, अन्य अवस्था रहेन ।’
जेनजी प्रदर्शनमा खटिएका कर्मचारीको विवरण माग्दा खापुङले सुरुमा जवान देखी आईजीपी सम्म फिल्डमा खटिएको जवाफ आयोगलाई दिए । त्यसपछि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । सो स्पष्टीकरणपछि उनले काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी कर्मचारीलाई उपत्यका नछाड्न सर्कुलर पठाउँदै त्यसको बोधार्थ आयोगमा पठाए । त्यसपछि आयोगले उनलाई दोस्रो स्पष्टीकरण सोधेको हो ।
आयोगले बिहीबार एक जना प्रहरी अधिकृतको बयान लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण