झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
सारांश
- त्रिभुवन आर्मी फुटबल क्लब महिला गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
- आर्मीले क्वाटरफाइनलमा आरएस पोखरा एफसीलाई ६-० गोलले पराजित गर्यो।
- विमला चौधरी प्लेयर अफ दी म्याच घोषित भइन् र उनले १५ हजार नगद पाइन्।
झापा । त्रिभुवन आर्मी फुबटल क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शिवसताक्षीको दूधे रङ्गशालामा जारी उक्त प्रतियोगिताको आज भएको क्वाटरफाइनल खेलमा विभागीय टोली आर्मीले आरएस पोखरा एफसीलाई ६–० गोलअन्तरले पराजित गरेको हो ।
अब पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र सङ्कटा फुबटल क्लबबिच तथा दोस्रो सेमिफाइनलमा एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुबटल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
आजको खेलको सुरुवाती चरणमा आर्मी क्लबकी जेनिफर रानामगरले पहिलो गोल गरेकी थिइन् । खेलको ३३ औँ मिनेटमा विमला चौधरीले आर्मीका लागि दोस्रो गोल गरिन् । पहिलो हाफको इन्ज्युरी समयमा विमला विकले आर्मीका लागि तेस्रो गोल गरिन् ।
दोस्रो हाफको ८५ औँ मिनेटमा विमला चौधरीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४–० गोलको अग्रता दिलाइन् । खेलको ९० औँ मिनेटमा शर्मिला थापाले तथा इन्ज्युरी समयमा विमला चौधरीले आर्मीका लागि क्रमशः पाँचौँ र छैटौँ गोल गरिन् ।
खेलको प्लेयर अफ दी म्याच आर्मीकै विमला चौधरी घोषित भइन् । उनले रु १५ हजार नगद र ट्रफी प्राप्त गरिन् । प्रतियोगिताको विजेता टोलीले रु १० लाख १० हजार र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण