दल दर्ताका लागि आयोग जाने तयारीमा नेपाली कम्युनिस्ट पार्टी
सारांश
- माओवादी केन्द्रसहित १० कम्युनिस्ट घटक मिलेर 'नेपाली कम्युनिस्ट पार्टी' दल दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारीमा छन्।
- दल दर्ताका लागि आवश्यक कागजात तयार भइरहेको छ र नेताहरूलाई हस्ताक्षरका लागि बोलाइएको छ, शुक्रबार नभए आइतबारसम्म आयोग जाने तयारी छ।
- नवगठित पार्टीमा संयोजक र सहसंयोजक रहने, चुनाव चिह्न पाँचकुने तारा रहने सहमति छ, भने १५ सय बढी केन्द्रीय सदस्य हुनसक्ने सम्भावना छ।
काठमाडौँ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत विभिन्न १० वटा कम्युनिस्ट घटक मिलेर गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी’ दल दर्ताका लागि निर्वाचन आयोगमा जाने भएको छ ।
दल दर्ताका लागि आवश्यक डकुमेन्ट तयार पारेर सकेसम्म आजै शुक्रवार नभए आइतबारसम्म आयोग जाने तयारी भइरहेको तत्कालीन नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता रामकुमार भट्टराईले जानकारी दिए । त्यसका लागि नेताहरूलाई हस्ताक्षर गर्न पार्टी कार्यालयमा बोलाइएको भट्टराईले बताए ।
‘आवश्यक डकुमेन्ट तयार गर्ने काम भइरहेको छ । नेताहरूलाई हस्ताक्षरका लागि शुक्रवार बोलाइएको छ । सबै डकुमेन्ट पुरा भयो भने आजै आयोग जाने कि भन्ने छ’, भट्टराईले भने, ‘आज भ्याइएन भने आइतबार जान्छौँ ।’
निर्वाचन आयोगले आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा भाग लिने नयाँ दलहरूलाई यही कात्तिक ३० गतेभित्र आयोगमा दल दर्ता गरिसक्न सूचना जारी गरेको थियो ।
यसअघि कात्तिक १९ गते बुधवार नै घोषणा गरिएको नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले यो नामको दल दर्ता हुँदैछ भनेर आयोगलाई सामान्य जानकारीमात्र गराएको नेताहरूले बताएका छन् ।
नवगठित पार्टीमा संयोजक र सहसंयोजक रहने, चुनाव चिह्न पाँचकुने तारा रहने सहमति भएपनि केन्द्रीय कमिटी कति रहने भन्ने एकतामा सामेल भएका पार्टीका केन्द्रीय सदस्यहरूको सङ्ख्या हिसाब गरेर आयोगमा बुझाउनुपर्ने छ ।
‘धेरै दल एकतामा जोडिएका छन् । तिनको कसको कति केन्द्रीय समिति छ त्यो हिसाब गरेर सबै सङ्ख्या निकाल्नुपर्ने हुन्छ’, नेता बेदुराम भुसालले भने, ‘अरू दल पनि थपिन्छन् कि भन्ने छ । त्यसैले भ्याएसम्म चाँडो आयोग जाने कुरा पनि भइरहेको छ ।’
नेताहरुका अनुसार सबै दलका केन्द्रीय सदस्य जोड्दा एकीकृत पार्टीमा १५ सय बढी केन्द्रीय सदस्य हुनसक्ने सम्भावना छ ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी,नेकपा (समाजवादी), नेकपाको चिरन पुन समूह, नेकपा (समाजवादी माओवादी), नेकपा साम्यवादी, देशभक्त मोर्चा लगायत राजनीतिक पार्टी र समूह एकीकृत हुँदै कात्तिक १९ गते बुधवार ‘नेपाली कम्युनिस्ट पार्टी’का रूपमा रूपान्तरण भएको घोषणा गरिएको थियो ।
दल दर्ताका लागि निवेदन दिएर केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको नेताहरूले पहिलो बैठकबाट सचिवालय गठन र विधान लगायत आवश्यक गृहकार्य गर्न एउटा छुट्टै कार्यदल बनाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण