मान्छेलाई आत्महत्या गर्न उक्साएको भन्दै ओपनएआईमाथि मुद्दा
सारांश
- ओपनएआई कम्पनीमाथि च्याटजीपीटीले मानिसहरूलाई आत्महत्या गर्न उक्साएको आरोपमा मुद्दा दायर गरिएको छ।
- मुद्दामा च्याटजीपीटीले किशोरलाई आत्महत्या गर्न उक्साएको र डिप्रेसनमा पारेको आरोप लगाइएको छ।
- कम्पनीले आन्तरिक चेतावनीहरूलाई बेवास्ता गर्दै च्याटजीपीटी-४० लाई समयअगावै जारी गरेको आरोप छ।
क्यालिफोर्निया । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बनाउने कम्पनी ओपनएआईमाथि मुद्दा दायर भएका छन् । यसको एआई च्याटबोट च्याटजीपीटीले मान्छेहरूलाई आत्महत्या गर्न उक्साएको र भ्रम फैलाएको भन्दै कम्पनीमाथि सात मुद्दा दायर भएका हुन् ।
आत्महत्या गरेका व्यक्तिहरूमा पहिलेदेखि कुनै पनि मानसिक स्वास्थ्य समस्या नभएको आरोप मुद्दामा लगाइएको छ । बिहीबार क्यालिफोर्नियाको अदालतमा दायर गरिएका मुद्दाहरूमा गलत कारणले गर्दा मृत्यु, आत्महत्या गर्न उक्साएको, अनजानमा हत्या र लापरबाहीको पनि आरोप लगाइएको छ ।
ओपनएआई विरुद्ध मुद्दा छ वयस्क र एक किशोरले दायर गरेका थिए । आन्तरिक चेतावनीमा यो खतरनाक रूपमा चाप्लुस र मनोवैज्ञानिक रूपमा भ्रामक छ भनेर भन्दा भन्दै पनि ओपनएआईले यी सबै चेतावनीलाई वेवास्ता गरेर जीपीटी–४० लाई समय अगावै जारी गरेको आरोप मुद्दामा लगाइएको छ । चार जना पीडितहरूको आत्महत्याबाट मृत्यु भएको थियो ।
किशोरलाई फाँसी लगाएर आत्महत्या गर्न उक्साएको
सान फ्रान्सिस्को सुपीरियर कोर्टमा दायर गरिएको मुद्दा अनुसार, १७ वर्षीया अमाउरी लेसीले च्याटजीपीटीलाई मद्दतको लागि प्रयोग गर्न थाले । तर मद्दत गर्नुको सट्टा, च्याटजीपीटीले लेसीमा यसको लत बसालेको, अनि उनीलाई डिप्रेसन पुर्याएको र कसरी फाँसी लगाउने अनि सास नफेरिकन कति समय बाँच्न सक्छ भन्ने बारेमा सल्लाह दिएको बताइएको छ ।
अमाउरीको मृत्यु र दुर्घटना दुबै नभएको बरु ओपनएआई र शमूएल अल्टम्यानको सुरक्षा परीक्षण छोटो बनाउने र च्याटजीपीटीलाई बजारमा ल्याउने निर्णयको परिणाम भएको पनि मुद्दामा उल्लेख गरिएको छ । ओपनएआईले यी मुद्दाहरूको जवाफ दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण