चितवन विद्रोहको उद्गमस्थल हो, यथास्थितिका विरुद्ध लडिरहन्छौँ : हरि ढकाल
सारांश
- रास्वपा नेता हरि ढकालले चितवन राजनीतिक विद्रोहको उद्गमस्थल भएको बताए ।
- उनले रास्वपा यथास्थितिको विरुद्ध लड्न स्थापना भएको र सत्तामा गए पनि चरित्र नफेरिने बताए ।
- ढकालले नयाँ सत्तासँग पनि प्रश्न गर्ने समय आएको र पार्टीलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा पूर्व सांसद हरि ढकालले चितवन राजनीतिक विद्रोहको उद्गमस्थल भएको बताएका छन् । शुक्रबार पार्टीको विस्तारित भेलालाई चितवनमा सम्बोधन गर्दै उनले रास्वपा यथास्थितिको विरुद्धमा लड्नकै लागि स्थापना भएको र सत्तामा गए पनि त्यो चरित्र नफेरिने स्पष्ट पारे।
उनले ३५ वर्षसम्म देशमा यथास्थितिमा रमाएका शक्तिहरूलाई रास्वपाले चुनौती दिएको र अब पनि दिइरहने बताए । विगतमा रवि लामिछानेमाथि अन्याय भएको वर्तमान सरकारले स्वीकार गरेको ढकालले बताए । उनले अब नयाँ सत्तासँग पनि प्रश्न गर्ने समय आएको बताए।
‘चितवनको यो क्षेत्र विद्रोह, राजनीतिक विद्रोहको उद्गमस्थल पनि हो। २०७९ सालमा हामीले थालेको विद्रोह यथास्थितिमा रमेकाहरूका लागि एउटा सिर्जनात्मक र सभ्य विद्रोह थियो’ ढकालले भने, ‘सत्ताको कुर्सीमा बसेपछि बन्ने धारणाहरू यदि यथास्थितिकै पक्षमा हुन्छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसलाई स्विकार्दैन।’
नेता ढकालले पार्टीको आगामी लक्ष्यका लागि सबै नेता तथा कार्यकर्ताहरू योद्धा बन्न तयार रहनुपर्नेमा जोड दिए । उनले पार्टीभित्र सिर्जनात्मक बहस, विचार र तर्कहरूलाई स्थान दिँदै अझ बलियो बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
-
झापाबाट खैरो हेरोइन सहित भारतीय युवक पक्राउ
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण