ओलीको प्रश्न : सुकरात त भागेनन् केपी ओली भाग्छ ?
सारांश
- केपी शर्मा ओलीले वर्तमान सरकारलाई फेदटुप्पो नभएको सरकारको संज्ञा दिए।
- ओलीले वर्तमान सरकारलाई अनुत्तरदायी भन्दै आफूलाई सुकरातसँग तुलना गरे।
- उनले सरकारले नेताहरूलाई स्थानहद तोकेकोमा आपत्ति जनाउँदै निर्वाचनको प्रक्रियामा प्रश्न उठाए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई फेदटुप्पो केही नभएको सरकारको संज्ञा दिएका छन् ।
शुक्रबार एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले जनेजी आन्दोलनको समेत जग नभएको बताए । अहिलेको परिवर्तनलाई राजतन्त्रसँग तुलना गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘यो फेद न टुप्पोको सरकार । जरा पनि छैन, हाँगा पनि छैन । पहेँलो लहरोजस्तो’, ओलीले भने, ‘आकाशवेली सरकारले हामीजस्तो मान्छेलाई पासपोर्ट रोक्का गर्छ ।’ उनले वर्तमान सरकारलाई अनुत्तरदायी भन्दै आफूलाई सुकरातसँग तुलना गरे ।
‘त्यसवेला सुकरात त भागेन आजको केपी ओली भाग्छ ? तमासा पनि हदको हुन्छ नि’, ओलीले आफ्नो पासपोर्ट रोक्का गरेको तथा स्थानहद तोकेको भन्दै आपत्ति प्रकट गरे । नेताहरूलाई स्थानहद तोकेर कस्तो निर्वाचन गर्न खोज्दै छ सरकार भनेर ओलीले प्रश्न गरे ।
‘अहिलेका प्रतिगमनकारी कमजोर, कुनै ग्राउन्ड, इतिहास नभएका । परम्पराको टेको न जनसमर्थनको आधार केही पनि नभएका’ उनले आगो लगाएको, तोडफोड गरेको, र आतङ्क मच्चाएको भरमा सरकार बनाइएकाले यसको कुनै वैधानिकता नरहेको टिप्पणी गरे ।
उनले डिस्कर्डबाट चुनाव गरेर शासनमा पुगेको भन्दै मतपत्र कस्तो थियो भनेर जेनजीलाई प्रश्न गरे । ‘डिस्कर्डबाट शासनमा पुगेका रे ! डेमोक्रेसीमा कहीँ डिस्कर्डबाट शासन हुन्छ ?’ओलीले प्रश्न गर्दै भने, ‘डिस्कर्डमा भोटिङ पनि गर्या रे ! दुई तीन हजार केटाकेटी जम्मा भए अनि भोटिङ पनि गरेका रे ! कसले गन्यो ? मतपत्र कस्तो थियो ? रेजा लगायो कि प्वाल पार्यो अमेरिकाको जस्तो ?’ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण