रौतहटमा नेपाल–भारत सीमा चार दिनका लागि बन्द
शुक्रबार, २१ कात्तिक २०८२, १५ : ५६
सारांश
- भारतको विधान सभा चुनावका कारण रौतहट जिल्लाको सीमा नाका चार दिन बन्द हुने भएको छ।
- निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल-भारत सीमा नाकामा आवागमन अस्थायी रूपमा रोक लगाइनेछ।
- शनिबार साँझ ८ बजेदेखि २५ गते बेलुका ६ बजेसम्म आवश्यक सेवाबाहेक सबै आवागमन बन्द रहनेछ।
रौतहट। भारतको बिहार राज्यमा हुने विधान सभा चुनावका कारण रौतहट जिल्लाको सीमावर्ती नाका चार दिनका लागि बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार भारतको सितामढी र पूर्वी चम्पारण जिल्लामा दोस्रो चरणको विधान सभा निर्वाचन यही कार्तिक २५ गते हुँदैछ।
निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाकामा आवागमन अस्थायी रूपमा रोक लगाउने निर्णय गरिएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी दिपेश सागर भुसालका अनुसार शान्ति सुरक्षा व्यवस्थापनका लागि शनिबार साँझ ८ बजेदेखि २५ गते बेलुका ६ बजेसम्म नेपाल–भारत सीमा नाकामा आवश्यक सेवाबाहेकको सम्पूर्ण आवागमन पूर्ण रूपमा बन्द रहनेछ।
प्रशासनले सीमा क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन तथा तोकिएको अवधिसम्म सीमा नाकाबाट आवागमन नगर्न अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण