प्रहरीको लुटिएको पेस्तोल लुकाउनेविरुद्ध मुद्दा दर्ता
सारांश
- सिन्धुपाल्चोकका उत्तम भुजेलविरुद्ध प्रहरीको पेस्तोल लुकाएको आरोपमा मुद्दा दर्ता भएको छ।
- भुजेललाई पानी ट्याङ्कीभित्र लुकाएको पेस्तोल र हतकडीसहित प्रहरीले पक्राउ गरेको थियो।
- उनलाई ५ वर्षसम्म कैद र जरिवाना तथा पीडित राहत कोषमा क्षतिपूर्ति माग गरिएको छ।
काठमाडौँ । गत भदौ २४ गते प्रहरीको लुटिएको पेस्तोल लुकाउने सिन्धुपाल्चोक ज्यामिरेका उत्तम भुजेलविरुद्ध हातहतियार तथा खरखजाना कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रहरीको प्रतिवेदनका आधारमा भुजेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा हातहतियार तथा खरखजाना कसुरमा मुद्दा दायर गरेको हाे ।
भुजेललाई पानीको ट्याङ्कीभित्र मेड इन युएसए लेखिएको ९ एमएमको पेस्तोल र हतकडीसहित प्रहरीले पक्राउ गरेको थियो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते साथीहरू अशोक थापा र विशम भण्डारीले आफूलाई हतियार र हतकडी दिएको बयान दिएका छन् ।
भुजेलविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १३२ को उपदफा २ बमोजिम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनुपर्ने माग गर्दै मुद्दा दायर भएको छ ।
साथै भुजेलसँग अपराध पीडित संरक्षण एन २०७५ को दफा ४१ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण