निर्वाचनमा सहभागिताका लागि १७ दलले मागे मान्यता
सारांश
- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १७ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्।
- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि १७ वटा दलले दर्ताका लागि निवेदन दिएका हुन्।
- शुक्रबार ५ वटा दलले दर्ताका लागि आयोगमा निवेदन दिएका छन्, जसमा विभिन्न पार्टीका नेताहरू संलग्न छन्।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १७ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएर प्रतिनिधिसभा निर्वाचन तोकिएपछि मात्रै १७ वटा दलले दर्ताका लागि निवेदन दर्ता गराएको निर्वाचन आयागले जनाएको छ ।
यसैबिच शुक्रबारमात्रै ५ वटा दलले दर्ताका लागि आयोगमा निवेदन दिएका छन् । जसमा सविन सिग्देलले राष्ट्र निर्माण पार्टी, रत्नप्रसाद श्रेष्ठले नागरिक सर्वोच्चता पार्टी नेपाल, योगेन्द्र मण्डलले राष्ट्रिय उर्जाशील पार्टी नेपाल, चन्द्रप्रकाश सुवेदीले सुन्दर नेपाल निर्माण पार्टी र रियाज अहमद शेषले राष्ट्रिय स्वराज पार्टी दर्ताका लागि आयोगमा निवेदन पेश गराएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
आयोगका अनुसार बुधबार जातीय विभेद विरुद्धका अभियन्ता एवं मन्त्रीमा प्रस्तावित खगेन्द्र सुनारले हाम्रो पार्टी नेपाल दर्ताका लागि निवेदन दर्ता गराएका छन् । उनले गोलो घेराभित्र राम्रो जनाउने लाइक निर्वाचन चिन्ह प्रस्ताव गरेका छन् ।
यसअघि हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी र जनमत पार्टी फुटेर गठन भएको जनस्वराज पार्टी दर्ता भइसकेका छन् ।
दर्ताका लागि पेस हुन आएका अन्यको दल दर्ताको प्रक्रिया अध्ययन भइरहेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण