अमेरिका संयुक्त राष्ट्रसङ्घीय अधिकार समीक्षाका लागि अनुपस्थित
सारांश
- अमेरिका मानव अधिकार रेकर्डको विश्वव्यापी आवधिक समीक्षामा अनुपस्थित रह्यो, जुन दोस्रो पटक हो।
- संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्का अध्यक्षले अमेरिकी अनुपस्थितिलाई औंल्याए, जसले प्रक्रिया बहिष्कार गरेको थियो।
- अन्य देशहरूले वाशिंगटनको 'युपिआर संयन्त्रप्रति सम्मानको कमी' को निन्दा गरे।
जेनेभा । नियमित संयुक्त राष्ट्रसङ्घीय प्रक्रिया बहिष्कार गर्ने दोस्रो देश बन्दै संयुक्त राज्य अमेरिकाले शुक्रबार आफ्नो मानव अधिकार रेकर्डको विश्वव्यापी आवधिक समीक्षा (युपिआर)को लागि उपस्थित भएन ।
“हामी आज संयुक्त राज्य अमेरिकाको समीक्षा अगाडि बढाउन भेट्नेवाला थियौँ तर मेरो ख्यालमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधिमण्डल यस कोठामा उपस्थित छैन,” संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद्का अध्यक्ष जुर्ग लाउबरले सत्रको उद्घाटन गर्दै भने ।
संयुक्त राष्ट्र सङ्घका १९३ सदस्य राष्ट्रहरूले प्रत्येक चार देखि पाँच वर्षमा गर्नुपर्ने विश्वव्यापी आवधिक समीक्षामा अमेरिकाको अनुपस्थिति कुनै आश्चर्यको कुरा भने थिएन, किनकि, वाशिङ्गटनले अगस्टमा नै यो प्रक्रिया बहिष्कार गर्ने बताएको थियो।
यद्यपि, स्थानीय अमेरिकी अधिकारी र अधिकार समूहहरू भने जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किएदेखि आफ्नो बढ्दो चिन्ताहरू सूचीबद्ध गर्न जेनेभा आएका थिए।
समीक्षामा भाग लिन भेला भएका धेरै मुलुकले जस्तै चिनियाँ प्रतिनिधिले पनि वाशिङ्टनको ‘युपिआर संयन्त्रप्रति सम्मानको कमी’ को निन्दा गरे।
क्युबाका प्रतिनिधिले वाशिङ्गटनलाई ‘मानव अधिकार परिषद् र संयुक्त राष्ट्रसङ्घीय प्रणाली र समग्रमा नागरिक समाजलाई कमजोर पार्ने’ प्रयास गरेको आरोप लगाउँदै भने, “यो स्पष्ट भएको छ, संयुक्त राज्य अमेरिकाको सरकार यस अभ्यासको परिणामबाट डराएको छ।”
लाउबरले कोठामा कुनै अमेरिकी प्रतिनिधिमण्डल नभएको कुरा थाहा पाएपछि परिषद्ले समीक्षा अन्तर्गत रहेको राज्यको असहयोग’ सम्बन्धी निर्णय तुरुन्तै गरेको थियो ।
“परिषद्ले अर्को समीक्षा चाँडै आयोजना गर्ने सम्भावना अन्तर्गत राज्यलाई विश्वव्यापी आवधिक समीक्षा संयन्त्रसँगको सहकार्य पुनः सुरु गर्न आह्वान गर्यो र सन् २०२६ को अन्त्यतिर अमेरिकी युपिआर पुनः तालिकाबद्ध गर्ने निर्णय गर्यो,” , परिषद्द्वारा जारी एक विज्ञप्तिमा भनिएको छ।
यसअघि, सन् २०१३ को सुरुमा इजरायल आफ्नो युपिआरको लागि उपस्थित भएको थिएन र अहिलेसम्म यसरी युपिआर समीक्षा नगर्ने इजरायल एक मात्र मुलुक रहेको थियो । यद्यपि इजरायलले १० महिना पछि स्थगित प्रणालीको समीक्षा गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण