जेनजीहरुले रातो होइन, निलो क्रान्ति नै गरेका हुन् : नेतृ कार्की
शनिबार, २२ कात्तिक २०८२, १० : ००
१
सारांश
- रास्वपा नेतृ डा. तोसिमा कार्कीले जेनजीहरुको आन्दोलनलाई निलो क्रान्ति भनिन्।
- उनले सरकारले जेनजीहरुको शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको आरोप लगाइन्।
- डा. कार्कीले पार्टीको राजनीतिक प्रतिवेदनमा संशोधनको माग गरिन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ डा. तोसिमा कार्कीले जेनजीहरुले गरेको आन्दोलन निलो क्रान्ति नै भएको जिकिर गरेकी छिन् । उनले भनिन् -'जेनजीहरुले शान्तिपूर्ण ढङ्गले गरेको भ्रष्टाचार विरुद्धको निलो क्रान्तिमाथि सरकारले नृशंस दमन गर्यो। जेनजीहरुले रातो होइन निलो क्रान्ति गरेका हुन्।'
चितवनमा जारी विस्तारित बैठकमा पेस भएको राजनीतिक प्रतिवेदनमा पार्टीले निलो क्रान्ति गर्दै गर्दा जेनजीहरुले रातो क्रान्ति गरेको उल्लेख गरिएकोप्रति पनि उनले असन्तुष्टि जनाएकी छिन् ।
राजनीतिक प्रतिवेदन एउटा ड्राफ्टको रूपमा आएकोले सो विषय सच्चिनुपर्ने उनले बताइन् । विस्तारित बैठकमा आफूले यो विषय सच्याउनुपर्नेमा जोड दिएको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण