लापसे गरी सार्वजनिक सवारी चलाउने ५ जना चालक पक्राउ
शनिबार, २२ कात्तिक २०८२, १२ : ५८
सारांश
- शुक्रबार काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सार्वजनिक सवारी चलाउने ५ चालकलाई पक्राउ गर्यो।
- पक्राउ पर्ने चालकहरू विभिन्न जिल्लाका रहेको र उनीहरूलाई थप कारबाहीका लागि प्रहरी कार्यालय पठाइएको छ।
- यात्रुवाहक सवारी चालकले लागुपदार्थ सेवन गरी सवारी चलाउनु गैरकानुनी र यात्रुको जीवन जोखिममा पार्ने कार्य हो।
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको नियमित चेकजाँचका क्रममा शुक्रबार लागुपदार्थ सेवन (लापसे) गरी सार्वजनिक सवारी साधन चलाउने ५ जना चालकलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्ने चालकहरूमा मकवानपुरको सोनाम सिंह घिसिङ, काठमाडौँका सुमन रुपाखेती, रौतहट घर भई हाल बल्खु बस्ने बिकि ठाकुर हजाम, काभ्रेपलान्चोक घर भई फर्पिङ बस्ने अनिल मोक्तान र सुनसरी घर भई कीर्तिपुर बस्ने रंजित कुमार कुशुहवा रहेका छन्। उनीहरूलाई थप आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाइएको छ।
यात्रु बोक्ने संवेदनशील सार्वजनिक सवारी साधनका चालकले नै लागुपदार्थ सेवन गरी सवारी चलाउनु नियमविपरीत र दण्डनीय कार्य हो। यसले चालकको मात्र नभई यात्रुहरूको जीवन पनि जोखिममा पार्ने ट्राफिक प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९२ वर्षको खडेरी तोड्ने इजिप्टको दाउ, अस्ट्रेलियालाई बलियो डिफेन्सको भर
-
देउवा समूहले सम्पर्क कार्यालय असार २२ गते औपचारिक उद्घाटन गर्ने
-
मदिरा खाएका व्यक्तिले बिरामीको एक्स–रे गरेको विषयमा मानव अधिकार आयोगको चासो
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : सुरेश हमाललाई मरणोपरान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
-
सुदूरपश्चिम स्पोर्टस् अवार्ड : वर्ष उत्कृष्ट खेलाडीको उपाधि दीपेन्द्रसिंह ऐरीलाई
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : उत्कृष्ट महिला खेलाडीको अवार्ड मानमती विष्टलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण