मुस्ताङमा सेटलाइट कृषि फार्मका लागि ८०१ रोपनी जग्गा प्राप्त
सारांश
- मुस्ताङको घमीमा सेटलाइट कृषि फार्म स्थापनाका लागि ८०१ रोपनी जग्गा प्राप्त भएको छ।
- शीतोष्ण फलफूल र स्याउको उत्पादन सुनिश्चित गर्न सेटलाइट कृषि फार्मको अवधारणा ल्याइएको हो।
- फार्मले किसानका समस्या समाधान गर्ने र स्याउको राजधानी कायम राख्न सहयोग गर्नेछ।
मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीमा सेटलाइट कृषि फार्म स्थापनाका लागि ८०१ रोपनी जग्गा प्राप्त भएको छ । शीतोष्ण फलफूल तथा स्याउको उत्पादन दीर्घकालसम्म सुनिश्चित राख्ने उद्देश्यले सेटलाइट कृषि फार्मको अवधारणा अघि सारिएको हो । जग्गा प्राप्तिसँगै सेटलाइट कृषि फार्मको गुरुयोजना अघि बढाउन बाटो खुलेको छ ।
सरकारी जग्गा दर्ता, उपयोग तथा भाडामा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति–२०७९ मा भएको व्यवस्थाअनुरुप मुस्ताङको घमीमा सेटलाइट फार्म स्थापनाका लागि शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका नाममा जग्गा प्राप्ति भएको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए ।
केन्द्रले सेटलाइट फार्म स्थापनाका लागि सरोकारवाला निकायसँग दुई वर्षअघि प्रक्रिया अघि बढाएकोमा शुक्रबार मात्रै केन्द्रको नाममा जग्गा प्राप्ति प्रक्रिया टुङ्गिएको केन्द्र प्रमुख आत्रेयले बताए । मालपोत कार्यालय मुस्ताङका प्रमुख सूर्य शर्मा अर्यालले केन्द्र प्रमुख पद्मनाथ आत्रेयलाई फार्मका लागि लालपूर्जा हस्तान्तरण गरेको मालपोत कार्यालय मुस्ताङले जनाएको छ ।
यहाँ उत्पादन हुने ३५ प्रजातिका स्याउलगायत शीतोष्ण फलफूलअन्तर्गत ओखर, कागजी बदाम, आरु, आरुबखडा, खुर्पानी, स्वीट चेरी र अङ्गुरलगायतका फलफूल जातहरुको संरक्षण गरी सयौँ वर्षसम्म स्याउको राजधानीका रुपमा स्थापित गराइराख्न चुनौती रहेकाले माथिल्लो भूभागमा सेटलाइट फार्मको अवधारण बनेको केन्द्र प्रमुख आत्रेयको भनाइ छ ।
साथै तल्लो मुस्ताङ र माथिल्लो क्षेत्रमा स्याउलगायतका बिरुवा रोपण गर्ने तालिका फरकफरक भएकाले केन्द्रमा उत्पादन हुने बिरुवा माथिल्लो क्षेत्रका कृषकलाई अनुकूल हुँदैन । यसकारण सेटलाइट फार्म स्थापना भई उक्त स्थानमा बिरुवा उत्पादन भएको अवस्थामा त्यहाँका किसानका समस्या निराकरण हुने विश्वास गरिएको छ ।
यहाँको तल्लो मुस्ताङमा पछिल्लो समय धेरै पानी पर्न थालेका र माथिल्लो मुस्ताङमा जलवायु अनुकूलता अपनाउँदै तरकारीको बीउ उत्पादनको दृष्टिकोणबाट पनि अन्त्यन्तै सम्भावना रहेको केन्द्र प्रमुख आत्रेयको भनाइ छ ।
उपल्लो मुस्ताङमा सयौँ हेक्टर जमिन बाँझो रहेको र त्यहाँ सिँचाइको व्यवस्थापन गर्नसकेमा प्रशस्तै स्याउ फलाउन सकिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण