काठमाडौँमा दुई जना मृत फेला
सारांश
- काठमाडौं, बाँके र सर्लाहीमा गरी चार जना मृत अवस्थामा फेला परेका छन्।
- काभ्रे, गोरखा, बर्दिया र सर्लाहीका व्यक्तिहरू शुक्रबार र शनिबार मृत भेटिए।
- प्रहरीले घटनाहरूको अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा गरी चार जना मृत अवस्थामा फेला परेका छन्। काठमाडौँ, बाँके र सर्लाही जिल्लामा शुक्रबार र शनिबार उनीहरूको शव भेटिएको हो।
प्रहरीका अनुसार, काठमाडौंको लाजिम्पाट निल सरस्वतीथानस्थित टिनको टहरामा काभ्रेका ४८ वर्षीय भीम बहादुर लामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्। यस्तै, टोखा नगरपालिका-३ भत्केको पुलमा डेरा गरी बस्ने गोरखाका २१ वर्षीया अरूणा अमगाई पनि शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका-४ शान्तिनगर टोलस्थित नालीमा बर्दियाकी ६४ वर्षीया हिमकला थापा शुक्रबार मृत फेला परेकी छिन्।
सर्लाहीको लालबन्दी नगरपालिका-१५ माथिल्लो देउराली सामुदायिक जंगलमा सोही नगरपालिका-१६ बस्ने ५५ वर्षीय भरत बस्नेत शनिबार मृत अवस्थामा भेटिएका छन्।
यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण