समाचार
त्रिभुवन विमानस्थलमा हवाई उडान प्रभावित, अन्तर्राष्ट्रिय र आन्तरिक दुवै रोकिए
शनिबार, २२ कात्तिक २०८२, १८ : २५
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे लाइटिङ प्रणालीमा आएको समस्याका कारण शनिबार साँझ हवाई उडान प्रभावित भएको छ ।
विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार, रनवेको एयरफिल्ड लाइटिङ सिस्टम बिग्रिएकाले विमान अवतरण सम्भव नभएको हो ।
यो समस्याका कारण करिब पाँच वटा उडान होल्डमा राखिएका छन्। प्रवक्ता शेर्पाले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान तथा अवतरण रोकिएको जानकारी दिए ।
शनिबार साँझ ५ः३० बजेदेखि समस्या सुरु भएको उनले बताए । रनवे लाइटिङ प्रणाली भनेको रनवेलाई राति उज्यालो बनाउन प्रयोग गरिने बत्तीहरू हुन्, जसमा केन्द्रमा र छेउछाउमा हुने बत्तीहरू तथा एप्रोच लाइटहरू पर्छन् ।
बिग्रेको लाइटिङ प्रणाली मर्मतको काम भइरहेको र यो नबनेसम्म उडान तथा अवतरण सम्भव नहुने विमानस्थलले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण