पथरी शनिश्चरे गोल्डकपको उपाधि सलहेस सिराहालाई
सारांश
- सलहेस युवा क्लब सिरहाले 'अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप २०८२' को उपाधि जितेको छ।
- फाइनल खेलमा सलहेसले पथरी-११ लाई २-१ गोलले पराजित गरेको थियो।
- प्रतियोगितामा उत्कृष्ट खेलाडी युकेस तामाङ घोषित भए भने सलहेसले सिजनको चौथो उपाधि जित्यो।
मोरङ । ‘अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप २०८२’ को उपाधि सलहेस युवा क्लब सिरहाले जितेको छ । आज भएको फाइनल खेलमा आयोजक पथरी–११ लाई १–२ गोल अन्तरले पराजित गर्दै सिरहाको सलहेस युवा क्लबले उपाधि चुमेको हो ।
खेलको अग्रता भने पथरी–११ ले लिएको छ । खेलको १९ औँ मिनेटमा पथरी–११ का धिरेन क्षेत्रीले ‘पेनाल्टी’ मार्फत गोल गरेका थिए । सलहेसका विदेशी खेलाडी करिम ओमोलोजाले पथरी–११ का निरज परियारलाई ‘डी बक्स’ भित्र ‘फल’ गरेपछि पाएको पेनाल्टीमा क्षेत्रीले गोल गर्दै अग्रता लिएका थिए ।
पहिलो हाफमा एक गोलको अग्रता लिएको पथरी–११ ले दोस्रो हाफमा सम्हालिन नसक्दा हार बेहोर्नु परेको हो । दोस्रो हाफको ५८ औँ मिनेटमा सिरहाका लागि जय गुरुङले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
दोस्रो हाफमा पथरी–११ माथि हाबी बनेको सलहेसका समीर तामाङले दोस्रो गोल गरे । खेलको ६९ औँ मिनेटमा समीर तामाङले गरेको गोल नै उपाधि चुम्न सफल भयो । सिरहाले यो ‘सिजन’का चार उपाधि जितेको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पथरी–११ का युकेस तामाङ घोषित हुँदै रु २५ हजार प्राप्त गरे । त्यस्तै खेलको ‘म्यान अफ दी म्याच’ सलहेसका जय गुरुङ घोषित हुँदै रु पाँच हजार प्राप्त गरे ।
अन्य विधागततर्फ सलहेसका रेवट चौधरी उत्कृष्ट गोल रक्षक, रिजड वइसन सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षक राजीव यादव घोषित हुँदै रु १०–१० हजार प्राप्त गरे । त्यस्तै पथरी–११ का गोलरक्षक समीर क्षेत्री उदीयमान खेलाडी घोषित हुँदा सञ्जय लिम्बू उत्कृष्ट ‘मिडफिल्डर, धिरेन क्षेत्री उत्कृष्ट ‘डिफेन्स’ घोषित हुँदै रु १०–१० हजार प्राप्त गरे ।
प्रतियोगिताको विजेता सलहेस युवा क्लब सिरहाले रु पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छभने उपविजेताले पथरी–११ ले रु दुई लाख ५० हजार प्राप्त गर्यो ।
विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वापोले, एन्फा केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकीलगायतको उपस्थितिमा पुरस्कार प्रदान गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण