शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सोनलको राजीनामापछि विपक्षी दलको भनाइ– ‘सरकार आफ्नै कारणले ढल्यो’

आइतबार, २३ कात्तिक २०८२, ०८ : ३७
आइतबार, २३ कात्तिक २०८२

सारांश

  • मधेस प्रदेशमा मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलको सरकार ढलेपछि सत्ता पक्ष र विपक्षबीच आरोप प्रत्यारोप सुरु भएको छ।
  • विपक्षी दलका नेताहरूले सरकार आफ्नै कमजोरी र आन्तरिक विवादका कारण ढलेको बताएका छन्।
  • नेकपा एमालेका नेता सरोजकुमार यादवले सरकारको पतनमा विपक्षीको हात नभएको र दलहरूबीचको कमजोर तालमेललाई दोष दिए।

जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलको नेतृत्वमा बनेको सरकार ढलेपछि सत्ता पक्ष र विपक्षबिच आरोप–प्रत्यारोप सुरु भएको छ। सत्ता पक्षले विपक्षी दल र सभामुखमाथि दोषारोप गरे पनि विपक्षी नेताहरूले ती आरोपहरू अस्वीकार गर्दै सरकार आफ्नै कमजोरी र आन्तरिक विवादका कारण ढलेको बताएका छन्।

नेकपा एमाले का संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार सोनल सरकारको पतन कुनै बाह्य कारणले भएको होइन। उनले भने, “सरकार आफैँले गल्ती गर्‍यो, विपक्षीको हात छैन। संसदमा हारजित सामान्य कुरा हो, त्यसलाई सङ्घीयताको सङ्कट ठान्नु गलत हो।” यादवका अनुसार सत्ता पक्षभित्र एकता कायम गर्न नसक्नु र दलहरूबिचको कमजोर तालमेलले सरकार असफल बनायो।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि सोनल सरकार भित्रकै अविश्वास र अन्तर्द्वन्द्वलाई कारण देखाउँदै भने, “हामीले लोकतान्त्रिक अभ्यासअनुसार आफ्नो भूमिका निभाएका हौँ। सत्ता गठबन्धनभित्र सहकार्य नहुँदा यस्तो अवस्था आएको हो।”

विपक्षी नेताहरूले मधेस प्रदेशको यो घटना सामान्य राजनीतिक प्रक्रिया भएको भन्दै यसलाई अस्वाभाविक रूपमा चित्रण नगर्न आग्रह गरेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप