रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने
सारांश
- रास्वपाले फागुन २१ गते हुने निर्वाचनमा ४० वर्षमुनिका युवालाई २७ प्रतिशत प्रतिनिधित्व दिने भएको छ।
- पार्टीले विदेशबाट फर्किएका नागरिकलाई उम्मेदवार बन्न चाहेमा १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ।
- रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण महाधिवेशनको मिति ६ महिना पछाडी सारेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ४० वर्ष मुनिका युवाहरूलाई २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ । चितवनको सौराहामा कात्तिक २१ र २२ गते सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले युवाहरूको जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व सुनिश्चित गरिएको हो ।
यस्तै विदेशबाट फर्किएका नागरिक उम्मेदवार बन्न चाहेमा १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ । ‘जेनजीको स्पिरिडको प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै ४० वर्षमुनिका युवाका लागि उनीहरूको जनसङ्ख्याको अनुपातकै आधारमा २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ । त्यस्तै प्रदेशबाट फर्किएका नेपाली उम्मेदवार बन्न १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ’, पार्टीले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्तै फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा भएकाले पूर्वनिधारित महाधिवेशन मिति ६ महिना पर सारेको छ । चार सय प्रतिनिधि सहभागी रहेको विस्तारित बैठकले ११ बुँदे निष्कर्ष निकालेको छ ।
कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन,उपसभापति डा.स्वर्णिम वाग्लेले चुनावी वाचापत्रको अवधारणा, महामन्त्री कवीन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोट रूपरेखा र सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षरसम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।
डा.तोसिमा कार्कीले पार्टी सुधार मार्गचित्र सम्बन्धी फरक मत पेस गरेकी थिइन् । केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ, चितवन, झापा, रुपन्देही समितिले सुझाव पेस गरेका थिए । पाँचवटै प्रतिवेदनमा सात समूहले सुझाव दिएका थिए ।
के–के छन् निर्णय ?



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
-
झापाबाट खैरो हेरोइन सहित भारतीय युवक पक्राउ
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण