गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
आइतबार, २३ कात्तिक २०८२, १२ : १४
सारांश
- उदयपुरको त्रियुगा नगरपालिकामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा ५८ वर्षीय दमसेर राईको मृत्यु भएको हो, जो उपचारका क्रममा अस्पतालमा निधन भए।
- प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी गरिरहेको छ।
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–५ गेरुवाई खोला नजिकै गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । आज बिहान ०८:४५ बजे भएको दुर्घटनामा त्रियुगा–५ पिपलचौरी बस्ने ५८ वर्षीय दमसेर राईको मृत्यु भएको हो ।
पिपलचौरीबाट लालपत्ता तर्फ आउँदै गरेको स १ त ५४३५ नम्बरको थ्रेसर मेसिन जडान भएको ट्याक्टर गुडिरहेको अवस्थामा खसेर राई गम्भीर घाइते भएका थिए । उपचारको लागि जिल्ला अस्पताल उदयपुर पुर्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा संलग्न ट्याक्टर जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा राखिएको छ । चालक घटनास्थलबाटै फरार रहेको र उनको खोजतलासको भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण