गाजामा मृत्यु हुनेको सङ्ख्या ६९ हजार नाघ्यो
काठमाडौँ । गाजा युद्ध सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६९ हजार नाघेको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले शनिबार इजरायल–हमास युद्धमा ६९ हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएको जानकारी दिएका हुन् ।
यी तथ्याङ्कहरू इजरायल र हमासबिच युद्धविरामको अंशको रूपमा जारी गरिएको थियो । यस क्रममा दुई पक्षबिच शव आदानप्रदान गरिएको थियो ।
यी शवहरूमा इजरायली आक्रमणमा मारिएका प्यालेस्टिनीहरू र हमासद्वारा बन्धक बनाइएका इजरायली बन्धकहरूको शव पनि समावेश छ ।
इजरायलले शनिबार थप १५ प्यालेस्टिनीहरूको शव फिर्ता गरेको थियो । हमासले भने एक दिन अघि इजरायली बन्धकको शव इजरायललाई फिर्ता गर्यो ।
इजरायली प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार, शव लियोर रुडेफको भएको थाहा भएको छ ।
यो आदानप्रदान युद्धविरामको प्रारम्भिक चरणको एक प्रमुख भाग हो, जसमा हमासले सबै बन्धकहरूको शव सकेसम्म चाँडो फिर्ता गर्नु पर्नेछ । तर हमाससँग अझै पनि ५ इजरायली बन्धकको शव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९२ वर्षको खडेरी तोड्ने इजिप्टको दाउ, अस्ट्रेलियालाई बलियो डिफेन्सको भर
-
देउवा समूहले सम्पर्क कार्यालय असार २२ गते औपचारिक उद्घाटन गर्ने
-
मदिरा खाएका व्यक्तिले बिरामीको एक्स–रे गरेको विषयमा मानव अधिकार आयोगको चासो
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : सुरेश हमाललाई मरणोपरान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
-
सुदूरपश्चिम स्पोर्टस् अवार्ड : वर्ष उत्कृष्ट खेलाडीको उपाधि दीपेन्द्रसिंह ऐरीलाई
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : उत्कृष्ट महिला खेलाडीको अवार्ड मानमती विष्टलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण