विद्यार्थीका लागि नेपाल टेलिकमको विशेष इन्टरनेट अफर
सारांश
- नेपाल टेलिकमले विद्यार्थीलाई लक्षित गरी ‘एनटी फाइबर विद्यार्थी अफर’ सुरु गरेको छ।
- सञ्चारमन्त्रीले अफरको शुभारम्भ गर्दै आर्थिक रूपले कमजोर विद्यार्थीलाई सहुलियत दिएकोमा धन्यवाद दिए।
- यो अफरअन्तर्गत, विद्यार्थीले ४,९९९ रुपैयाँमा एक वर्षका लागि ३० एमबीपीएस इन्टरनेट पाउनेछन्।
काठमाडौँ । नेपाल टेलिकमले देशभर उच्च गुणस्तरीय र किफायती इन्टरनेट सेवाको माग बढ्दै गएको सन्दर्भमा विद्यार्थीहरूलाई लक्षित गरी ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको छ। यस योजना वि.सं. २०५४ साल वा सोपछि जन्ममिति भएका विद्यार्थीका लागि हो।
आइतबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त अफरको शुभारम्भ गरे। मन्त्री खरेलले आर्थिक रूपले सक्षम नभएका विद्यार्थीहरूलाई सूचना प्रविधिमा पहुँच स्थापित गर्न सहुलियतपूर्ण विशेष उपहार प्रदान गरेकोमा नेपाल टेलिकमलाई धन्यवाद दिए। उनले जनतालाई सुशासनको अनुभूति हुनेगरी काम गर्न पनि निर्देशन दिएका छन्।
कम्पनी सञ्चालक समितिका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्यालले नेपाल टेलिकमले नाफाभन्दा पनि सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन्।
अफरका मुख्य विशेषता:
- मूल्य तथा अवधि: करसहित रु. ४,९९९ मा एक वर्षका लागि ३० एमबीपीएस गतिको इन्टरनेट सेवा।
- अन्य शुल्क: साविकको जडान शुल्क रु. ५०० थप लाग्नेछ।
- निःशुल्क सुविधा: विद्यार्थीले १ थान डुअल ब्यान्ड सीपीई र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क पाउनेछन्।
- आवेदन प्रक्रिया: विद्यार्थीले १९८ मा सम्पर्क गरी, डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन्।
यो अफर आजबाट सुरु भई २०८२ माघ २२ गतेसम्म उपलब्ध हुनेछ। विद्यार्थीले आवेदन फारमका साथ भ्यालिड विद्यार्थी आइडी कार्ड र स्पष्ट जन्ममिति खुल्ने प्रमाणपत्र अनिवार्य संलग्न गर्नुपर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण