प्रहरीमाथि आक्रमण र हतियार लुटपाट मुद्दामा घिसिङसहित तीन जनालाई धरौटीमा छाड्न आदेश
काठमाडौँ । भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण गर्दै हतियार लुटपाटमा संलग्नहरुलाई धरौटीमा छाड्न आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले तीन जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा छाड्ने आदेश दिएको हो ।
अदालतले दोलखाको शैलुङ गाउँपालिका–१ का ४८ वर्षीय गौतम घिसिङसँग दुई लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश गरेको छ । त्यस्तै सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका धिरज थापासँग १ लाख, पाल्पा रम्भा गाउँपालिकाका विवेक बस्नेतसँग ५० हजार रुपैयाँ धरौटी लिएर छाड्ने आदेश भएको छ । त्यस्तै नवीन राईलाई साधरण तारेखमा छाड्ने आदेश भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
घिसिङले बयानमा आफूसहितका आन्दोलनकारीहरूले भीएस निकेतन कलेजको पाँचौँ तलामा पुगेका प्रहरीलाई तल ओरालेर गालीगलौज र धम्की दिँदै पोसाक खोल्न लगाएको र बागमतीमा हाम फाल्न लगाई ढुङ्गामुढा प्रहार गरेर कुटपिट गरेको स्विकार गरेका थिए । घिसिङ बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त हुन् । उनीमाथि २०७९ असोज ४ र २०७९ फागुन १० मा बैंकिङ कसुर मुद्दामा प्रहरी वृत्त गौशालामा मुद्दा दर्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
-
स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’
-
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण