बुढानीलकण्ठका मेयरको घरमा आगजनी गर्ने चार जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । गत भदौ २४ को जेनजी आन्दोलनको नाममा बुढानीलकण्ठका मेयर मिठाराम अधिकारको घरमा आगजनी र तोडफोड गर्ने चार जनाविरुद्ध आपराधिक उपद्रव कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ ।
मेयर अधिकारीले दिएको जाहेरीको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काभ्रे तेमाल गाउँपालिका–८ का राजकुमार तामाङ, सोलखुम्बु सोलुदुधकुण्ड–८ का निशान खड्का,ओखलढुङ्गा मोलङु गाउँपालिका–२ का पवन बानियाँ र भोजपुरको भोजपुर नगरपालिका–४ का प्रेमबहादुर कार्कीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २८५ को उपदफा ४ बमोजिम मेयर अधिकारीको घर गाडीलगायत अन्य धनमालसमेत गरर जम्मा क्षति भएको १ करोड ८० लाख रुपैयाँ दामासाही हिसाबले क्षतिपूर्ति माग गरिएको छ ।
भदौ २४ मा भएको आगजनी र तोडफोडका क्रममा अधिकारीको घरमा भाडामा लिएर सञ्चालित बिर्यानी हाउस, शम्भु भारतीले सञ्चालन गरेको हाम्रो लिक्वीर,रेडिमेड टेलरिङ, हाम्रो आधुनिक नमुना बचत तथा ऋण सहकारी संस्था र कोठा भाडामा बस्नेहरूको सामानमा क्षति पुगेको जाहेरीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
-
स्वास्थ्यमन्त्रीको सय दिन : कागजमा पर्याप्त, कार्यान्वयनमा फितलो
-
एन्फा पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न अन्तरिम आदेश
-
कोरियाको ई–७ भिसा प्रक्रिया सुरु, म्यानपावरमार्फत दक्ष कामदार जान पाउने
-
प्रहरीका २३० सईको पदस्थापन, को कहाँ ? (सूचीसहित)
-
कुन विश्वविद्यालयमा को भए उपकुलपति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण