बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

घनश्याम भुसाल पक्षीय नेताको पार्टी नेकपा (वामपन्थी केन्द्र) !

आइतबार, २३ कात्तिक २०८२, २० : १२
आइतबार, २३ कात्तिक २०८२

काठमाडौँ । दश पार्टी गाभिएर बनेको नेपाली कम्युनिस्ट पार्टीमा नगएका पूर्व नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले आफू निकटस्थ नेताहरूको अगुवाइमा नयाँ दल दर्ताको निवेदन दिएका छन् ।

भुसाल पक्षका नेताहरूले आइतबार निर्वाचन आयोगमा पुगेर दल दर्ताको निवेदन दिएका हुन् । नेकपा (वामपन्थी केन्द्र) नाम राखिएको उक्त पार्टीको संयोजक राजकुमार कक्षपति रहेका छन् भने सहसंयोजकमा नन्दलाल बञ्जाडे रहेका छन् ।

वामपन्थी केन्द्रको सदस्यमा मिरा श्रेष्ठ (रुपन्देही), लक्ष्मी गिरी (प्यूठान), नारद उपाध्याय (कालिकोट), अर्जुनकुमार अधिकारी (दाङ), विमल नेपाली (दाङ), प्रचण्डमान श्रेष्ठ (तनहुँ), सुकुन्दरी श्रेष्ठ ( प्यूठान), प्रेमबहादुर तारामी (सुर्खेत), ठगेन्द्रबहादुर रसाइली (झापा), जानुका श्रेष्ठ (महोत्तरी), रेशा दुलाल (ललितपुर), सविता तामाङ (काठमाडौँ), लक्ष्मी देवी शर्मा (रुपन्देही),भिम बस्नेत (मोरङ) रहेका छन् ।

त्यसैगरी सुस्मा राई (भोजपुर), योगेन्द्र बस्नेत (ओखलढुंगा), निलम ढुंगेल (मोरङ), मुकुन्दबहादुर रोका (प्युठान), नरेशप्रसाद न्यौपाने (अछाम), प्रकाश श्रेष्ठ (धादिङ), लोककृष्ण दाहाल (भक्तपुर), समीर गौतम (गुल्मी), नविनकुमार कक्षपति (प्यूठान), एन्जिसराज प्रसाईं (काठमाडौँ) पनि वामपन्थी केन्द्रका सदस्य रहेका छन् । यद्यपी आयोगमा बुझाएको सुचीमा एकीकृत समाजवादीका नेता घनश्याम भुसालसहित चिनिएका नेताहरूको भने नाम राखिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप