राप्रपामा रमिता : आन्दोलन हुँदा राजीनामा, अहिले मन्त्री
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ कन्चन बिच्छा मधेश प्रदेशमा मन्त्री नियुक्त भएकी छिन्।
- मुख्यमन्त्री सरोजकुमार यादवले बिच्छा, एमालेका लखन दास र संघीय समाजवादीका बिमला अन्सारीलाई मन्त्री नियुक्त गरे।
- यसअघि राप्रपाका ४२ सांसदले राजीनामा घोषणा गरेका थिए, तर बिच्छा मन्त्री बनिन्।
काठमाडौँ । प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएको घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ कन्चन बिच्छा मधेश प्रदेशमा मन्त्री बनेकी छन्।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले बिच्छालाई सोमबार मन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्री यादवले बिच्छासँगै एमालेका लखन दास र संघीय समाजवादीका बिमला अन्सारीलाई पनि मन्त्री नियुक्त गरेका छन्।
यसअघि जेनजी आन्दोलनपछि राप्रपाका संघ र प्रदेशका ४२ सांसदले राजीनामा घोषणा गरेका थिए। राप्रपाले भदौ २४ गते विज्ञप्ति जारी गर्दै देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको सन्दर्भमा प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिई संसद्बाट बाहिरिने निर्णय गरेको उल्लेख गरेको थियो। राजीनामाको घोषणा गरे पनि राप्रपाका प्रदेश सांसदहरूले मासिक पारिश्रमिक भने बुझ्दै आएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण