अमेरिकामा शटडाउन अन्त्य हुने संकेत
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज बन्द अन्त्य गर्ने संकेत दिएका छन्।
- ह्वाइट हाउस र सिनेटका नेताहरूबीच सम्झौता भएको छ, जसले सरकार पुनः सञ्चालन गर्न अनुमति दिनेछ।
- सम्झौताले अमेरिकी इतिहासको सबैभन्दा लामो बन्द अन्त्य गर्ने र जनवरीसम्म बजेट दिनेछ।
वासिङ्टन डीसी । अमेरिकामा सरकारी कामकाज ठप्प (शटडाउन) भएको ४० दिन बितिसकेको छ । यसैबिच कंग्रेस शटडाउन अन्त्य गर्ने नजिक पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संकेत दिएका छन् । ह्वाइट हाउस र सिनेटका नेताहरू बिच एउटा सम्झौता भएको छ, जसले अमेरिकी सरकारलाई पुनः सञ्चालन गर्न अनुमति दिने ट्रम्पको दाबी छ ।
‘यस्तो देखिन्छ कि हामी शटडाउन अन्त्य गर्ने निकै नजिक पुगेका छौँ । हामी कैदीहरू वा देशमा अवैध रूपमा देशमा आउनेहरूलाई पैसा दिने कुरामा कहिल्यै सहमत भएनौँ । डेमोक्रेटहरूले अब यो बुझिसकेका छन्, र आशा छ कि शटडाउन चाँडै समाप्त हुनेछ ।’ ट्रम्पले पत्रकारहरूलाई भने ।
आठ डेमोक्र्याटिक सिनेटरहरूले रिपब्लिकन नेता र ह्वाइट हाउससँग सरकार पुनः खोल्न र केही प्रमुख एजेन्सीहरूलाई बजेट उपलब्ध गराउन सहमत भएको भन्दै सीएनएनले समाचार छापेको छ ।
यो सम्झौताले अमेरिकी इतिहासको सबैभन्दा लामो बन्द अन्त्य गर्नेछ र जनवरीसम्म सरकारी कामकाज चलाइराख्न चाहिने बजेट दिनेछ । आइतबार राति भएको सम्झौतामा ह्वाइट हाउसका प्रतिनिधि सिनेटका बहुमत नेता जोन थुन र तीन पूर्व गभर्नरहरूः जीन शाहीन (न्यू ह्याम्पशायर), एङ्गस किंग (मेन), र म्यागी हसन (न्यू ह्याम्पशायर) समावेश थिए ।
यद्यपि, समाचारमा यो पनि भनिएको छ कि सम्झौतामा रिपब्लिकन नेताहरूले स्वास्थ्य अनुदान बढाउने कुनै ग्यारेन्टी दिएका छैनन् । तैपनि, आगामी हप्ताहरूमा सम्झौतामा पुग्न सकिन्छ कि भन्ने आशामा डेमोक्रेट छन् । सिनेटले (पूर्वी समयअनुसार) आइतबार राति ८ः ३० देखि ९ः ०० बजे बिचमा यो प्रस्तावमा मतदान गर्ने अपेक्षा गरिएको छ ।
त्यसपछि विधेयक सदनमा जानेछ र ट्रम्पको हस्ताक्षर पछि प्रभावकारी हुनेछ । डेमोक्र्याट नेताहरूले यस सम्झौतामा आफ्नो आधिकारिक अडान अहिलेसम्म बताएका छैनन् । यद्यपि, केही हाउस डेमोक्र्याटहरूले यसलाई असन्तोषजनक सम्झौता भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण