लागूऔषधसहित ३ जना पक्राउ
सारांश
- सुनसरी र कास्कीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
- सुनसरीको बराहक्षेत्रबाट राकेश कार्की ट्रामाडोलसहित पक्राउ परे।
- कास्कीको पोखराबाट डाईजेपाम, फेनारगन र नोर्फिनसहित २ जना पक्राउ परे।
काठमाडौँ । विभिन्न जिल्लाबाट नियन्त्रित लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । सुनसरी र कास्कीबाट लागु औषधसहित ३ जना पक्राउ परेका हुन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टीबाट नियन्त्रित लागू औषध ट्रामाडोल ५९ ट्याब्लेटसहित सोही नगरपालिका–३ नडाहा बस्ने २१ वर्षीय राकेश कार्कीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका–९ महेन्द्रपुलबाट लागू औषध डाईजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल र नोर्फिन २५ एम्पुल सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–२३ पामे बस्ने २६ वर्षीय लक्ष्मण नेपाली र म्याग्दी मालिका गाउँपालिका–६ दरवाङ बस्ने ३२ वर्षीय ज्ञानबहादुर सार्की रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ग. १६ प ४९७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
पक्राउ परेका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण