जनेजी आन्दोलनका नाममा रोटी सेक्नेहरूले जवाफ दिनुपर्छ : रामकुमारी झाँक्री
सारांश
- एमालेमा फर्केकी नेतृ रामकुमारी झाँक्रीले जेनजी आन्दोलनको स्वामित्व लिन खोज्नेहरूलाई जवाफ दिन आग्रह गरिन्।
- झाँक्रीले एमाले एक्लै देशको राष्ट्रियता जोगाउन लागि परेको र फागुन २१ गते चुनाव भएपनि एमाले नै जनताको रक्षक शक्ति भएको दाबी गरिन्।
- उनले जेनजी आन्दोलनको आडमा तत्कालीन सरकारविरुद्ध विध्वंसमा लागेको आरोप लगाइन् र केपी ओलीलाई राष्ट्रवादी नेताको संज्ञा दिइन्।
काठमाडौँ । सोमबार नेकपा एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले जेनजी आन्दोलनको स्वामित्व लिन खोज्नेहरूले सिंहदरबार, सर्वोच्च अदालत र निजी घर व्यापारिक भवन जलाउनेहरूले त्यसको जवाफ दिनुपर्ने बेला भएको बताएकी छन् ।
सोमबार एमालेको घर फर्क अभियान समारोहमा सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेकी झाँक्रीले जेनजी आन्दोलन पछि एमाले एक्लै देशको राष्ट्रियता जोगाउन लागि परेको भन्दै फागुन २१ गते चुनाव भएपनि एमाले नै जनताको रक्षक शक्ति भएको दाबी गरिन् ।
जेनजी आन्दोलन एउटा पुस्ताको आक्रोश भएपनि त्यसको आडमा रोटी सेक्नेहरू तत्कालीन सरकारविरुद्ध लागेर विध्वंसमा लागेको आरोप झाँक्रीको छ ।
‘जेनजीको नाममा जे भइरहेको थियो र गरिएको थियो त्यो त्यो नितान्त सरकारविरुद्धको प्रहार थियो भन्ने लाग्छ’, झाँक्रीको भनाई छ ।
‘इतिहासमा जे भएको थियो, जुन परिस्थितिमा भएको थियो त्यसको लागि सजाय तोक्न समयलाई नै दिन्छु’, झाँक्रीले अध्यक्ष केपी ओलीलाई राष्ट्रवादी नेताको संज्ञा दिँदै भनिन्, ‘खासगरी नेकपा एमाले नै नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह मात्र होइन, लोकतान्त्रिक आन्दोलन, विकास, सुशासन र सम्मृद्धिको आकाङ्क्षा देखाउने पार्टी पनि एमाले नै हो ।’
कार्यक्रममा नेता किसान श्रेष्ठले ‘प्राण भन्दा प्यारो’ पार्टी नेकपा एमाले रहेको भन्दै अव यस पार्टीले दिने जुनसुकै जिम्मेवारी लिन तयार रहेको बताए । कार्यक्रममा एमाले फर्केकाहरूले यसअघिको नेकपा एकीकृत समाजवादीको कलम चिह्न अध्यक्ष ओलीलाई नै फिर्ता गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण