लुम्बिनी लायन्सले अनुबन्ध गर्यो गुल्बादिन नैब
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि लुम्बिनी लायन्सले अफगानिस्तानका अलराउण्डर गुल्बादिन नैबलाई अनुबन्ध गरेको छ ।
लुम्बिनी लायन्सले यसपटक तेस्रो विदेशी खेलाडीका रूपमा ३४ वर्षीय गुल्बादिन नैबलाई अनुबन्ध गरेको हो । अफगानिस्तानका पूर्व कप्तानसमेत रहेका नैबले सन् २०१९ को एकदिवसीय विश्वकपमा अफगानिस्तानको नेतृत्व गरेका थिए ।
दायाँ हाते ब्याटर र दायाँ हाते मिडियम पेस बलरका रूपमा परिचित नैबले ८९ एकदिवसीय अन्तर्राष्ट्रिय र ७८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
उनले टी–२० अन्तर्राष्ट्रियमा ३ अर्धशतकसहित ९६८ रन बनाएका छन् भने बलिङमा एकदिवसीय अन्तर्राष्ट्रियमा ७४ र टी–२० अन्तर्राष्ट्रियमा ३५ विकेट लिएका छन् ।
उनले इन्डियन प्रिमियर लिग (आईपीएल), बङ्गलादेश प्रिमियर लिग, इन्टरनेशनल लिग टी–२० र अफगानिस्तान प्रिमियर लिग जस्ता विश्वभरका विभिन्न लिगहरूमा पनि अनुभव बटुलेका छन् ।
सन् २०२४ को आईपीएलमा उनले दिल्ली क्यापिटल्सका लागि २ खेल खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण