कतार–बहराइन यात्रुवाहक समुन्द्री यातायात सुरु
काठमाडौँ । कतार र बहराइनबिच पहिलोपटक औपचारिक रूपमा समुद्री यात्रु सेवा सुरु गरिएको छ । कतारदेखि ५० मिनेटमा नै समुद्री यात्रुवाहक जहाज उत्तरी शहर अल रुवैस बन्दरगाह बाट बहराइनको मुहार्रक टापुस्थित सादाह मरीना पुग्नेछ ।
कतार बहराइन यात्रुवाहक जहाजको उद्घाटन गर्न अल रुवैस बन्दरगाहमा दुवै मुलुकका मन्त्री र उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।
उक्त उद्घाटन समारोहमा कतारका परिवहन मन्त्री महामहिम शेख मोहम्मद बिन अब्दुल्ला बिन मोहम्मद अल थानी र बहराइनका परिवहन तथा दूरसञ्चार मन्त्री महामहिम डॉ. शेख अब्दुल्ला बिन अहमद अल खलीफा पनि उपस्थित थिए ।
नयाँ सामुद्रिक यात्रु सेवाले यात्रुहरूलाई करिब ५० मिनेटमै बहराइन र कतारबिच यात्रा गर्ने सुविधा प्रदान गर्नेछ। कतार देखि बहराइन पुगरे फर्किने टिकटको मूल्य २६५ कतारी रियाल तोकिएको छ ।
यस यात्रुवाहक जहाजमा एक पटकमा २८ देखि ३२ जना यात्रु लैजान सक्ने क्षमता रहेको छ । जलमार्ग हुँदै कतार बहराइन सजिलै पुग्न सकिने दुई देशबिचको सम्झौता पछि यात्रालाई सहज, द्रुत र सुरक्षित बनाउनेछ ।
जसले दुई देशबिचको पर्यटन, व्यापार र यातायात प्रणालीमा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण