शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजी जेलबाट रिहा

सोमबार, २४ कात्तिक २०८२, २२ : १०
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • पूर्वराष्ट्रपति निकोलस सार्कोजी २० दिन जेल बसेर रिहा भएका छन् र उनले जेल जीवनलाई 'दुःस्वप्न' भनेका छन्।
  • सार्कोजीलाई सन् २००७ देखि २०१२ सम्मको कार्यकालमा गद्दाफीबाट रकम लिएको आरोप लागेको थियो र उनी अक्टोबर २१ मा जेल परेका थिए।
  • उनको रिहाइको लागि वकिलहरूले निवेदन दिएका थिए र पुनरावेदन मुद्दाको सुनुवाइ मार्चमा हुनेछ।

पेरिस । फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी सोमबार जेलबाट रिहा भएका छन् । उनले २० दिनको जेल जीवनको अनुभवलाई ‘दुःस्वप्न’ भनेका छन् । सार्कोजीस्थानीय समयअनुसार सोमबार अपराह्न ३ बजे पेरिसको ला सान्टे कारागारबाट पूर्व राष्ट्रपति सार्कोजीलाई रिहा गरिएको एक स्रोतले एएफपीसँग बताएको छ। 

सत्तरी बर्षीय पूर्व राष्ट्रपतिले आफुमाथि लागेका आरोपमा कुनै सत्यता नभएको र यसबारे आफु अनभिज्ञ नै रहेको सुनुवाईका क्रममा बताएका थिए । जेलबाट छुटेपछि उनी एउटा रंगीन झ्याल भएको कारमा निवासतर्फ गएका थिए भने प्रहरीले उनलाई मोटरसाइकलबाट सुरक्षा दिएको थियो ।

सन् २००७ देखि २०१२ सम्म राष्ट्रप्रमुख रहेका दक्षिणपन्थी राजनीतिज्ञलाई गत सेप्टेम्बरमा तल्लो अदालतले मोहमर गद्दाफीको लिबियाबाट रकम प्राप्त गर्न खोजेको आरोपमा दोषी ठहर गरेको थियो ।

उनी अक्टोबर २१ मा जेल परेका थिए। उनका वकिलहरूले उनको द्रुत रिहाइको माग गर्दै निवेदन दिएका थिए । पुनरावेदन मुद्दाको अर्थ सार्कोजी अब फेरि निर्दोष भएको अनुमान गरिएको छ।

सोमबार अदालतमा सार्कोजीको अनुरोधको जाँचका क्रममा अभियोजनकर्ताहरूले मार्चमा हुने पुनरावेदन सुनुवाइ अघि सार्कोजीलाई रिहा गर्न माग गरेका थिए। सार्कोजीको प्रतिरक्षा टोलीका एक सदस्य क्रिस्टोफ इन्ग्रेनले आफ्नो सेवाग्राहीको रिहाइलाई ‘एक कदम प्रगति’ भनेर स्वागत गरेका छन्।
 
सोमबार अदालतको सुनुवाइको क्रममा पूर्व नेताले जेलबाट भिडियो कलमार्फत आफ्नो कारावासको बारेमा बोलेका थिए । उनले भने, ‘यो कुनै पनि कैदीको लागि गाह्रो छ। धेरै गाह्रो छ । यो धेरै कठिन छ।’ 

उनले रिहाइपछि जेलका कर्मचारीहरूलाई धन्यवाद दिँदै आफूलाई उनीहरूले असाधारण मानवता देखाए र यो दुःस्वप्नलाई सामान्य बनाउन मद्दत गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप