‘राष्ट्र निर्माणमा गैरआवासीय नेपालीको योगदान’ विषयक छलफल सम्पन्न
सारांश
- अबूधाबीस्थित नेपाली दूतावासले गैरआवासीय नेपालीको योगदानबारे छलफल गर्यो।
- नेपालमा भएको आन्दोलनबाट क्षति भएका संरचना पुनर्निर्माणमा सहयोगबारे छलफल भयो।
- युएईमा रहेका नेपाली समुदायले पुनर्निर्माण कोषमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । अबुधाबीस्थित नेपाली राजदूतावासले आइतबार ‘राष्ट्र निर्माणमा गैरआवासीय नेपालीको योगदान र भूमिका’ विषयमा एक छलफल तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा भाद्र २३ र २४ गते नेपालमा भएको आन्दोलनका कारण क्षति पुगेका सरकारी तथा सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि युएईमा रहेका नेपाली समुदायले कसरी योगदान गर्न सक्ने भन्ने विषयमा चर्चा गरिएको थियो।
छलफलमा राजदूत तेजबहादुर क्षेत्रीले नेपाल सरकारको निर्णयअनुसार भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना भएको जानकारी दिँदै गैरआवासीय नेपाली समुदायलाई यस अभियानमा सक्दो सहयोग गर्न आग्रह गरे। साथै, विदेशमा रहेका नेपालीहरूको ज्ञान र सीपलाई नेपालको विकासमा उपयोग गर्न ‘प्रतिभा प्राप्ति केन्द्र’ मार्फत दूतावासले विभिन्न पेसागत विवरण सङ्कलन गरिरहेको पनि बताए।
कार्यक्रममा सहभागी प्रतिनिधिहरूले सरकारको पुनर्निर्माण आह्वानको स्वागत गर्दै युएईका संस्था तथा समाजहरूले सामूहिक रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले कोष सञ्चालनमा पारदर्शिता भएमा सामूहिक रूपमा कुनै एक संरचना निर्माणमा सहभागी हुन सकिने सुझाव पनि राखे।
सहभागीहरूले दूतावासको सेवा प्रवाहको प्रशंसा गर्दै नेपालीलाई युएईका नियम कानुन पालन गर्ने विषयमा निरन्तर सचेतना कार्यक्रम आवश्यक रहेको बताए।
कार्यक्रममा एनआरएनए, नेपाल एसोसिएसन, नेपाली समाज युएई, आदिवासी जनजाति महासंघ र विभिन्न पेसागत समूहका करिब ६० जनाको सहभागिता रहेको थियो। कार्यक्रम दूतावासका श्रम काउन्सेलर दिपेन्द्र पौडेलले सञ्चालन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण