बागलुङमा ५३२ जना डेङ्गी सङ्क्रमित फेला
सारांश
- बागलुङ जिल्लामा डेङ्गी सङ्क्रमण तीव्र गतिमा बढ्दै गएको छ, जसमा ५३२ जना सङ्क्रमित भएका छन्।
- सङ्क्रमण बागलुङ नगरपालिकामा धेरै र तमानखोला गाउँपालिकामा थोरै देखिएको छ, दसैँ-तिहारपछि सङ्ख्या बढेको हो।
- स्वास्थ्य कार्यालयले परीक्षणलाई तीव्रता दिएको छ र अस्पतालहरूमा उपचारको व्यवस्था मिलाइएको छ, डाक्टरका अनुसार लामखुट्टेबाट बच्नुपर्छ।
बागलुङ । जिल्लामा पछिल्लो तीव्र गतिमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । जिल्लाभर ५३२ जनालाई डेङ्गी सङ्क्रमण भएको हो । जिल्लाको बरेङ गाउँपालिकाबाहेक सबै पालिकामा सङ्क्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
जिल्लामा सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा सङ्क्रमित रहेका छन् । बागलुङमा २९५ र तमानखोलामा एक जनामा डेङ्गी सङ्क्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए । सङ्क्रमण बढ्दै गएपछि लक्षण देखिएका बिरामीको दशवटै पालिकामा परीक्षण गरिरहेको उनले बताए ।
घिमिरेका अनुसार दसैँ र तिहार पछाडि सङ्क्रमितको सङ्ख्या बढेको बताए । “सङ्क्रमण बढेपछि परीक्षणलाई तीव्रता दिएका छौँ, वर्षात् हुँदासम्म त्यति सङ्क्रमण फैलिएको थिएन, अहिले बढिरहेको छ । बरेङ गाउँपालिकामा बाहेक अरु पालिकामा सङ्क्रमित भेटिएका छन्”, उनले भने, “धौलागिरि अस्पताल बागलुङमा, गलकोट अस्पताल, बुर्तिबाङ अस्पताल र कुस्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको व्यवस्था मिलाइएको छ ।”
डेङ्गी सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले बताए । खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडालगायत पानी जम्मा हुने स्थान र लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण