मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

मङ्गलबार, २५ कात्तिक २०८२, ०७ : ३२
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • राष्ट्रिय सभाको समिति बैठक आज बस्दैछ, जसमा सार्वजनिक खर्च व्यवस्थापनबारे छलफल हुनेछ।
  • जेनजी आन्दोलनको परिस्थितिमा सरकारले लिएका कदम र खर्च कटौतीका मापदण्डबारे छलफल हुनेछ।
  • राजस्व चुहावट नियन्त्रण, वित्तीय संघीयता र व्यावसायिक वातावरणबारे पनि छलफल हुनेछ।

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

बैठकमा जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिमा नेपाल सरकारले अवलम्बन गरेको सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्डबारे छलफल हुनेछ । 

त्यसैगरी राजस्व चुहावट नियन्त्रण, वित्तीय सङ्घीयताको कार्यान्वयन र व्यावसायिक वातावरण बनाउन भएका पहलहरू सम्बन्धमा पनि बैठकमा छलफल हुने कार्यसूचीमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप